होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सिन्धुपाल्चोक, असार २। सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् […]
नागरिक रैबार/बाजुरा २ असार। बाजुरामा खोलाले बगाएर वेपत्ता भएका एक जनाको २ दिनपछि शव भेटिएको छ भने अर्का अझै वेपत्ता छन्।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला लुहारको शव भेटिएको हो। उनको मंगलबार शव भेटिएको प्रहरीले जनाएको छ। यस्तै त्रिवेणी नगरपालिका–५ किम्नीका १३ वर्षीय कमल बुढा भने अझै वेपत्ता छन्। […]
नागरिक रैबार/बाजुरा १ असार। लगातारको वर्षासंगै सडकमाथिबाट आएको पहिरोका कारण साँफे-मार्तडी सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ । वर्षासंगै सडकमाथिबाट आएको पहिरोले साँफे मार्तडीसडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, अम्कोट, दवारी, तिपाडा, पानीनाउला, ओलेना, नुनेपानी लगायतका क्षेत्रमा ठाउँठाउमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकै कारण धनगढीबाट सदरमुकामा मार्तडीका लागि खाद्यन्न सहित लिएर आएका […]
धनगढी: लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ।डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका गाडीहरु रोकिएका थिए। दिनेशखबरबाट
सर्लाहीमा विषाक्त जाँडरक्सी खाँदा आठ जनाको मृत्यु भएको छ । पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको ज्यान गएको हो । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरूको मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताए । मृत्यु हुनेमा ३९ वर्षीय दिनकर दास, ५० वर्षीय […]
नागरिक रैबार/बाजुरा १ असार। सदरमुका मार्तडीको तुफान डाँडाबाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । विशेस सुराकिका आधारमा साेमबार साँझ तुफानडाँडामा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सवैलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको र उनीहरुसंग ९८ हजार बढी नगद समेत […]
लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ । आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए […]
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको त्यो नेपालको पश्चिमी मागमा सर्दै आएकोले नेपालको पश्चिमी भागमा भारी बर्षा हुन सक्ने बरिष्ठ मौसमविद् बरुण पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले गण्डकी प्रदेश, कर्णाली […]
काठमाडौँ– नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना सङ्क्रमण देशभर व्यापकरूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । “तेह्र लाख ज्येष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन बाँकी रहेका छन्, विश्व […]
काठमाडौँ- मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ ।ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबाट जोगिन आह्वान गरेको छ । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।कास्कीको […]
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो । प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कणर्ाली प्रदेशमा दिउँसो १ […]
दुई वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । लाटा घटाल मल्टिमिडिया प्रालिद्धारा संचालन हुने गरी नागरिक रैबार (www.nagarikraibar.com) बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका ९ माझगाउँमा प्रधान कार्यालयबाट संचालन संचालनमा रहेको छ । नागरिक रैबार डट कम पाठक, दर्शक […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ। सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन्। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ। नेकपा एमाले सुदूरपश्चिम […]
३० जेठ, जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले […]
काठमाडौँ — सरकारले जारी निषेधाज्ञा खुकुलो पार्ने मोडालिटी तयार पारिरहँदा कोरोना परीक्षण ह्वात्तै घटेको छ । जसका कारण परीक्षण दर घट्नुका साथै सक्रिय संक्रमितको ग्राफ पनि कम देखिएको छ । तर ग्राफकै आधारमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको भन्न नमिल्ने विज्ञ चिकित्सकहरु बताउँछन् । पाल्पाको तानसेन नगरपालिकाले मंगलबार टुँडिखेल परिसरमा एन्टिजेन परीक्षणका लागि स्वाब […]
३० जेठ,काठमाडौं । कोभिड-१९ विरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि सर्मथन जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले सरकारलाई खोप छिटो उपलब्ध गराउन चेतावनी दिएको हो । पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको […]
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ […]
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा […]
काठमाडाैं । लुम्बिनी प्रदेशकाे आगामी आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।आइतबार बसेकाे प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनुभएकाे थियाे । लगत्तै सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ […]
नागरिक रैबार/बाजुरा ३०जेठ।बाजुरामा गत २२ वैशाखबाट जारी गरिएको निषेधाज्ञा भोली जेठ ३१ गते साँझ १२ बजे सकिदैछ । बाजुरामा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । जिल्लामा कोरोना भाईरस संक्रमण फैलिएको भएपनि असार पहिलो सातासम्म लागु हुने गरी बाजुरामा निषेधाज्ञाको समयावधि बढाईने तर साविकको भन्दा खुकुलो हुने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका सयोजक […]