होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अब कोरोना खोपको अभावमा तड्पिन पर्दैन : प्रधानमन्त्री ओली
राजनीति

अब कोरोना खोपको अभावमा तड्पिन पर्दैन : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
अब कोरोना खोपको अभावमा तड्पिन पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताए ।

‘भ्याक्सिन आइराखेको छ । हिजो कि अस्ति पनि आयो। भोलि पनि आउँछ,’ उनले भने, ‘निरन्तर ल्याउने र जनतालाई उपलब्ध गराउने कुरामा अभाव हुन नदिन नयाँनयाँ सम्झौताका लागि संवाद जारी रहेको छ ।’

जनतामा सचेतना बढे पनि विश्वमा कोरोना नियन्त्रण नभइन्जेल सामाजिक दुरी र मास्क अनिवार्य लगाइराख्नुपर्नेमा उनले जोड दिए । ‘लापरबाही बढाउने होइन, सजगता बढाउने र कायम राख्ने हो,’ उनले भने ।

विज्ञापन

स्वास्थ्य सामग्री, चिकित्सक, नर्स, साधनस्रोत र उपकरणको न्यूनता रहे पनि जीवनरक्षालाई प्राथमिकता दिएकै कारण कोभिडमा नियन्त्रण सम्भव भएको ओलीले बताए ।

नेपालमा चिकित्सा क्षेत्र निकै बलियो भइसकेको जनाउँदै उनले यहाँ अन्य देशको तुलनामा निकै सस्तोमा उपचार हुने गरेको दाबी गरे । ‘पहिलो किड्नी प्रत्यारोपण गर्न म भारत जान पर्‍यो । दोस्रोपल्ट नेपालमै गरेँ,’ उनले भने, ‘बाहिरभन्दा बढी व्यवस्थित ढंगले प्रत्यारोपण यहीँ हुने मेरो अनुभव छ । मैले किड्नी ट्रान्सप्लान्ट गर्दा ७/८ लाख लाग्यो होला । बाहिर सुरुमै २०/३० लाख लाग्छ ।’

१३१ वर्षअघि सुरु भएको वीर अस्पताल नेपाली–विदेशी सबैको सेवामा समर्पित भएको ओलीको भनाइ थियो । नवनिर्मित सर्जिकल भवनको अधिकतम प्रयोग हुने विश्वास उनले व्यक्त गरे ।

‘नीरोगी नेपाल नीतिअनुरूप जनताको क्रयशक्तिलाई मध्यनजर गरेर सस्तो र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउने सरकारको योजना छ,’ ओलीले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार