होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ माघ। बाजुराको कोल्टीमा जिपले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका १ बाहुनीका कमल विकका ७ वर्षीया छोरा सुर्ज विकलाई जिपले ठक्कर दिँदा घाइते भएका हुन् । कोल्टी बिच बजारमा से १ ज ११४९ नम्बरको जितु विकको जिपले ठक्कर दिँदा बालकको एक खुट्टा भाचिएको उनका अंकल राजेश […]
काठमाडौं: सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको हो। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ। किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।
नागरिक रैबार/बाजुरा १८ माघ। कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका […]
नागरिक रैबार/बाजुरा १७ माघ। नेपालको जनगणना २०७८ मा गौमुल गाउँपालिकाको जनगणना सत्य नभएको भन्दै गौमुल गाउँपालिकाले प्रधानमन्त्री कार्यालय तथा राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०६८ सालको जनगणना र २०७८ को जनगणनाको प्रारम्भीक तथ्याङ्कमा जम्मै २ सय ५० मात्रै जनसख्या बढेको देखाएको भन्दै जिल्ला प्रशासन कार्यालय जिल्ला तथ्याङ्क कार्यालय बाजुरा […]
नागरिक रैबार/बाजुरा १७ माघ। बाजुरा जिल्लाका सामुदायिक विद्यालयहरु माघ महिनाभर भौतिक उपस्थितिमा संचालन गर्न नदिने जिल्ला प्रशासन कार्यालय बाजुराले निणर्य गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोभिड-१९ तिव्र रुपमा फैलिरहेको दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्लाका सामुदायिक विद्यालय माघ महिनाभर भौतिक उपस्थितिमा नखोल्न निणर्य गरेको हो । त्यस्तै विद्यालयले […]
बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । वि.सं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख […]
नागरिक रैबार/बाजुरा १७ माघ। बडीमालिका स्तरीय दलित भुमी अधिकार युनियनको प्रथम बैठक मार्तडीमा सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिकाको सभाहलमा बसेको बैठकमा भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार गर्ने, भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार, दलित सम्बन्धि घटना अध्ययन, भुमी आयोगमा जिल्ला स्तरको दलित प्रतिनिधिको प्रतिनिधित्व र भुमी […]
नागरिक रैबार/बाजुरा १७ माघ । बाजुराको बडिमालिका नगरपालिका वडा न ९ का बल दमाई लडेर घाईते भएका छन। उनि शनिबार खर्कमा गोरु चराउन गएको बेला लडेर घाईते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनको उपचारका लागि जिल्ला अस्पताल बाजुराले […]
नागरिक रैबार/बाजुरा १७ माघ । अनेरास्ववियु बाजुराले स्थानिय तहको निर्बाचन समयमै गर्न सरकारलाइ आग्रह गरेको छ । अनेरास्ववीयु बाजुराले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेकाे हो । नेकपा एमाले निकट अनेरास्वबियु बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । सत्ता गठबन्धनले जेठभित्र स्थानीय […]
लमजुङ — मनाङको विकट फू गाउँकी कर्साङ लामा घरमा ताल्चा मारेर काठमाडौं पुगेको दुई महिना भयो । घरको अवस्था कस्तो छ भन्ने उनलाई थाहा छैन । फू गाउँकै संगे खन्डो लामाको परिवारले पनि घर छाडेको डेढ महिना भयो । घरको अवस्था कस्तो छ भन्ने उनलाई पनि जानकारी छैन । उनले खबर पाएका छन् कि गाउँ हिउँले ढाकेको छ, चिसो […]
काँकडभिट्टा — इलामको रोङ गाउँपालिका–४ पैह्रे भन्ने ठाउँबाट गत बिहीबार प्रदेश १ –०१–००१ च ७९१६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भयो । दुर्घटनामा मेचीनगर–४ बाहुनडाँगीका व्यवसायी दाजुभाइ रमेश थापा (५२) र सूर्य थापा (४४) को घटनास्थलमै मृत्यु भयो । चालक अर्जुन कोइराला (३५) संयोगले बाँचे । उनको उपचार जारी छ । मेची राजमार्गदेखि करिब […]
नागरिक रैबार/बाजुरा १७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडाबाउला मा रहेको मालझुली बजारमा गए राती अगलागी भएको छ । गए राती बिद्युतको तार सट भएर ब्यापारी भरत रावतको किराना पसल, सेर रावत र महन नेपालीको कपडा पसल गरि तीन वटा पसलमा एकै पटक आगलागी भएको हो । स्थानीयका अनुसार आगलागी आइतबार राती […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ । आज गरिएकाे […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष विते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवन स्तर झन् नाजुक बन्दै गएको छ । सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा […]
जाजरकोट — सरकारले ६ वर्षअघि तुइन विस्थापन अभियान सुरु गरे पनि जाजरकोट–रुकुम जोड्ने केही ठूला नदीमा तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन । स्थानीय बासिन्दा लामो समयदेखि जोखिम मोलेर तुइनकै भरमा नदी र खोला गर्न बाध्य छन् । नलगाड नगरपालिका–१ ठूलाबगरका जयमल पुन दैनिक तुइनकै भरमा भेरी नदी वारपार गर्छन् । खाद्यवस्तु ल्याउन र घरायसी कामकाजका लागि उनले […]
पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ […]
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन दिएका हुन् ।केन्द्रले आएको आवेदन दिएका विद्यालयको विषयमा छानबिन शुरू गरेको छ । ८ अर्ब ८७ करोड रुपियाँको यो कार्यक्रम एकै वर्षमा खर्च […]
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने […]
प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन् । सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको […]
राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेकी छन् । सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल […]