होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका महिला पत्रकारहरुको प्रदेश भेला डडेल्धुरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा मंगलवारदेखि भेलाको आयोजना गरिएको हो। भेलामा प्रदेशका ९ आटै जिल्लाका महिला पत्रकारको सहभागीता रहेको छ। महिला पत्रकारका समस्याका बारेमा विशेष छलफल हुने भेला आज र भोलि २ दिनसम्म […]
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू–भागमा सामान्यतया सफा […]
काठमाडौं । चितवनको माडी नगरपालिका-१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे । कक्षा ९ की छात्राले झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए । २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए । […]
राजेन्द्र बिक — बाजुराका पशुपालक किसानलाइ उन्नत जातको रांगा बितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आर्थिक बर्ष ०७८/०७९को बार्षिक स्वीकृत बजेट अनुसार नश्ल सुधारको लागि उन्नत मानिएको मुर्रा जातका रांगा(पाडा)हरु स्थानिय भैंसी पालक किसान हरुलाइ बितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका पशु सेवा प्राबिधिक भिम बहादुर […]
काठमाडाैं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो […]
धनगढी : कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका-१० त्रिपुरा मन्दिर नजिक शनिबार घाँस काटिरहेका र पैदलयात्री गरी ७ जनालाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ। घाइते हुनेमा वेदकोट-१० की १५ वर्षीया शारदा भट्ट, वेदकोट-३ की ३५ वर्षीया पद्मा कुँवर, ६२ वर्षीय सोबि कोली, ६० वर्षीय डम्मर […]
धनगढीः सुदूरपश्चिमको १० लाख बढी जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ। प्रदेशमा १० लाख ६० हजार ७ सय ४८ जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको हो। यो तथ्यांक नेपालमा गरिबीको रेखामुनि रहेको कुल जनसंख्याको आधा बराबर हो। नेपालको जनसंख्या २०७८ अनुसार झण्डै २४ लाख जनसंख्या गरिबीको रेखामुनि छ। मानव अधिकार वर्ष पुस्तक २०२२ ले पनि कैलालीमा […]
दाङ । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस शनिबार बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु […]
कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमण दर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम […]
स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्षातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३ का आधा दर्जन गाउँ काकाकुल हुन्छन् । धारामा पानी नआएपछि तीन घण्टा […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको साँखेमा निर्मित उक्त सबस्टेसनको शनिबार बिहान उद्घाटन गरिएको हो । तामाकोसी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सबस्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा […]
धनगढी : गत फागुन २६ गते कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ की २ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार भयो। ज्यालादारी गर्ने बुवा काममा निस्केको र आमा कोठामा खाना पकाइरहेको मौका छोपेर ५६ वर्षीय पुरुषले बालिकामाथि यौन दुर्व्यवहार गरे। बालिकालाई ललाइफकाई ती व्यक्तिले यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले […]
नागरिक रैबार/बाजुरा ४ चैत। सूचनाकाे हक सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम काेल्टीमा सम्पन्न भएकाे छ । बुढीनन्दा नगरपालिका न्यायिक समितिको आयोजनामा उक्त कार्यक्रम काेल्टीमा सम्पन्न भएकाे हाे । जिल्लाका स्थानीय तह र सरकारी तथा गैर सरकारी कार्यालयबाट जनताले सूचना पाउने अधिकारकाे बारेमा सराेकारवालाविच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियाकाे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण […]
काठमाडौँ — सरकारी तथ्यांकअनुसार देशभरि १ सय २५ जातजाति छन् । मधेसी आयोगको अध्ययनले भने तराई–मधेसमा मात्र १ सय २१ जात फेला पारेको छ । तीमध्ये ३५ जातको भने थर पहिचान हुन नसकेको आयोगले जनाएको छ । ‘मधेसी समुदायमा जातका आधारमा थर हुन्छ । यसअघि ८२ वटामात्र जात सूचीकरण भएको थियो,’ आयोगका अध्यक्ष विजयकुमार दत्तले भने । आयोगले प्रदेश–१, मधेस, […]
काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी खड्कालाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारको क्रममा उनको […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कार्की नियुक्त भएका छन् । सुदुर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा कार्कीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कार्की बिहिबार नियुक्त भएका हुन । उनले नेकपा समाजबादीका तर्फबाट अध्यक्षका लागि सिफारी भएको बताएका छन […]
निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग गर्न पाइनेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आयोगले बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ । जसअनुसार निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ ।गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको आयाेजनामा काेल्टी प्राथमिक केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरकाे एक कार्यक्रमका विच पुर्वउद्याेग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका […]
रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरेको छ ।बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ का कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पालना गर्नुपर्नेछ । ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचार संहिता लागू हुने दिन भने आयोगले पछि तोक्नेछ […]