होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, मंसिर १३ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइन्छ । सप्ताहव्यापी महोत्सव मंगलबारबाट नै शुरु भएको छ । विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नका लागि जनकपुर प्रस्थान गर्दै्छिन् । साधु […]
डोटी: डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयमा दुई प्रहरी जवान विरुद्ध मुद्धा परेको छ। मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना […]
काठमाडाैं । अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट […]
दयाराम पण्डित/ बाजुरा ३ मंसिर । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न. १० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् । सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसंग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त […]
डडेल्धुरा: डडेल्धुरामा बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका हुन्। ३९ वर्षीय ससुरालाई २२ वर्षीया बुहारी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा लागेको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार साझ आरोपित ससुराले बुहारी नाता पर्ने २२ वर्षीया महिलालाई कोठामा गएर बलात्कार गरेका थिए। जबरजस्ती […]
कैलालीमा छत बाट खसेर एक जनाको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका १ मा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको दोस्रो तला बाट खसेर बैङ्कमा कार्यालय सहयोगी रहेका दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय पन्त दोस्रो तला बाट खसे पछि टाउको र छातीमा चोट लागेको थियो । उपचारका क्रममा टीकापुर अस्पतालमा […]
रमित विक/बाजुरा ३ मंसिर । जिल्लाको गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य तथा संगित प्रशिक्षक नियुक्त गरेको छ । बालबालिकाहरुको पढाईमा उत्प्रेरणा जोगाउन र चौतर्फी विकास गर्नेका लागि दुई जना प्रशिक्षक गाउँ कार्यपालिकाको ३८ औं बैठकले नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । गौमुल गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयमा पुगेर विद्यार्थीलाई नृत्य सिकाउने […]
काठमाडौं: राजधानीको माछापोखरीमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ। भारतले सीमा मिचेको विरोधमा नेविसंघले ‘लिपुलेक हाम्रै हो’ भन्दै मसाल जुलुस निकालेको थियो। जुलुसमा प्रहरीले धरपकड गरेको छ। जुलुसमा सहभागी २१ जना पक्राउ परेको नेविसंघले जनाएको छ।
नागरिक रैबार /बाजुरा २२ कार्तिक । बाजुराको गौमुल गाउँपालिका ३ माझपालीबाट शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताउनुभएको छ । गाउँमा चन्दा संकलन गरिरहेको बेला गोप्य सुचनाका […]
नागरिक रैबार/ बाजुरा २१ कार्तिक । बाजुराको बडीमालिका नगरपालिकाको वडा नं.७ ढम्कनेमा बुधबारदेखि आलु महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा एक हजार कुन्टल आलुको पहाड बनाईएको छ । कार्तिक २० गतेबाट सुरु भएको महोत्सवमा आलु कै प्रदर्शन तथा आलुका विभिन्न परिकार पर्दशनि गरिएकाे बडीमालिका नगरपालिका वडा नं.७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनु भएको छ । […]
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभाका तीन वटा र स्थानीय तहका रिक्त […]
डिल्लीराम अम्माई फिजी भन्ने देश कसरी बन्यो र बेलायतबाट भारत स्वतन्त्र भइसकेपछि शासकहरूले फिजीको मौलिक पहिचानको विरुद्ध कसरी धावा बोले ? ४० प्रतिशत भारतीयले फिजीका आदिवासीहरूको मूल थलो कसरी कब्जा गरे ? त्योबारे यहाँ बहस गर्न खोजिएको होइन । यहाँ भारतीय ब्रिटिस कम्पनीले सन् १८७९ को मे महिनामा झुक्याएर उखुखेतीमा काम गर्नको लागि फिजी पुऱ्याइएका […]
कार्तिक १० । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका आमन्त्रित सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए […]
९ कात्तिक, काठमाडौं । संस्थागत (निजी) विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । […]
नागरिक रैबार/ बाजुर ८ कार्तिक । समाजसेवी तथा राजनीतिज्ञ कविता कुमारी बुढा (विष्ट) एजेन्सी म्यानेजरलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बाजुरा शाखाले गत असार महिनाको स्किम वितरण स्वरुप मोटरसाईकल प्रदान गरेको छ । आईएमई लाईफ इन्सोरेन्स कम्पनि बाजुरा शाखाका प्रमुख गोपालराज उपाध्याय र कम्प्युटर अपरेटर धनसिंह विकले बुधबार समाजसेवी एंव राजनीतिज्ञ विष्टलाई मोटर साईकल प्रदान गरेका […]
काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो। जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना […]
१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ । स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व […]
एक वर्षमा देशैभरी फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले आज सुदूरपश्चिममा पनि सेवाको उद्वघाटन गर्ने भएको छ। कैलाली र कञ्चनपुरका विभिन्न सहरमा फोरजी सेवा सुरु गर्न आज उद्वघाटन कार्यक्रम राखिएको हो। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार आज […]
काठमाडौं । दसैं मनाउनका लागि संघीय राजधानी काठमाडौंबाट सात दिनमा आठ लाख ३५ हजार यात्रु बाहिरिएका छन् । दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १२ गते आइतबारसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् । यस्तै पाँचदेखि ११ गतेसम्म ८० हजार ३४१ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ८८ […]
कैलाली – जिल्लाको मोहन्याल गाउँपालिका ५ को झल्कीपानी स्थित खोलामा मृत अवस्थामा एक बालकको सव फेला परेको छ । मोहन्याल गाउँपालिका ८ का सुर्यबहादुर रानामगरका १२ वर्षीय छोरा शिशिर राना खोलामा मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिकाको तालबन्द घुम्न गएका शिशिर आईतबार साँझ बाजपानी खोला तर्ने क्रममा बगेर वेपत्ता भएका थिए […]