होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अपाङ्गता भएका, दलित र सीमान्तकृत समुदायका बालबालिकालाई स्कुलमा ल्याउने उद्देश्यले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अभिभावकत्व अभियान सुरु गरेका थिए । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत पोखरेलले मन्त्रिपरिषद् बैठकमा विद्यार्थीको संरक्षकत्व प्रदान गर्ने प्रस्ताव लगेका थिए । विभिन्न कारणले बाहिर रहेकालाई विद्यालयभित्र ल्याउने यो अभियान अन्तर्गत धेरै नेताहरूले अभिभावकत्व ग्रहण गरेका थिए । विगतमा […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बडीमालिका नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका नामक पुस्तक पढाई हुने भएको छ । नगरपालिकाले नगरमा एउटै प्रकारको सिकाई सहजीकरण विधि सधै र सवैतिर उपयु्क्त हुनसक्ने भएकोले स्थानीय विषयवस्तुमा आधारित भएर आधारभुत तहमा हाम्रो बडीमालिका पुस्तक पढाई हुन लागेको हो । नगरपालिकाको शिक्षा, युवा तथा […]
मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गएका हुन् । उनीहरू सातु, माल सामान, खाजा बोकेर […]
मुगु । छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् । नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा […]
नागरिक रैबार/बाजुरा १६ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ स्थित रापकमा रहेको मष्टेश्वरी आधारभुत विद्यालयको २ कोठे भवनको सिलान्या गरिएको छ । आईतबार बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काले एक औपचारिक कार्यक्रमकाविच उक्त भवनको सिलान्यास गरेका हुन् । बडीमालिका नगरपालिकाको समन्वय र राष्ट्रपति शैक्षिक शुधार कार्यक्रम अन्तरगतको १८ लाखको लागतमा २ कोठाको सुविधासम्पन्न भवन निर्माण […]
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि हुँदैछ । जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको तयारी सबै पूरा भएको जानकारी दिए । ‘हामीले सबै परीक्षाको तयारी सकेका छौं । उत्तरपुस्तिकाहरु सबै पुगिसकेको छ,’ उनले भने । बोर्डले […]
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी अर्थ मन्त्री जनार्दन शर्मालाई दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा मन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा भाग लिन गएका कारण उनको ठाउँमा अर्थमन्त्री शर्मालाई जिम्मेवारी दिएका हुन्। पौडेल एजुकेसन वर्ल्ड फोरम २२ मा सहभागी हुन जेठ ७ गते बेलायत गएका हुन्।
काठमाडौँ — सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने बताउँदै शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताएकी हुन् । सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ भने कक्षा ११ र १२ मा एउटा पनि स्थायी दरबन्दी […]
काठमाडौं । सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय हिमाली भेगका विद्यालयमा लागु गर्न सम्भव नहुने शिक्षक तथा कर्मचारीहरुले बताएका छन् । मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले पुस र माघ महिनामा विद्यालय बन्द हुने गर्छ । त्यसैले यी क्षेत्रका […]
काठमाडौँ — कृषि तथा पशु विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयले कृषि पढ्नेको आकर्षण घटेपछि भर्नाको मापदण्ड नै परिवर्तन गरेर कमजोर विद्यार्थीलाई पनि भर्ना लिने निर्णय गरेको छ । यसअघि प्रवेश परीक्षामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीलाई मात्रै संस्थानले स्नातक तह (बीएस्सीएजी) मा भर्ना लिने गरेको थियो । कलेजको सिट संख्याअनुसार ५० प्रतिशत अंक ल्याउने विद्यार्थीको संख्या अपुग […]
शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । ‘सम्बन्धित […]
काठमाडौं, बैशाख २७ । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै […]
मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् । छायाँनाथ रारा नगरपालिका–३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य छन् । कक्षा १ देखि ५ सम्म […]
नागरिक रैबार/बाजुरा १५ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ । युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाका दलित समुदायका ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने भएको छ […]
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यहाँ परीक्षामा […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो । अघिल्ला […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । उक्त परीक्षामा कर्णालीका ३७ हजार ५४५ जना विद्यार्थीहरु सहभागि हुँदैछन् । शिक्षा विकास निर्देशनालय कर्णालीका प्रदेशका निर्देशक दीपा हमालका अनुसार कर्णालीमा १७३ वटा परीक्षा केन्द्रमा विद्यार्थीहरुले एसईई दिनेछन् । रुकुमपश्चिमका २३ वटा परीक्षा केन्द्रमा दुई हजार २३० जना विद्यार्थीले परीक्षा दिनेछन् […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार […]