होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णालीका ३७ हजार ५४५ जना विद्यार्थी एसईई दिँदै
समाचार

कर्णालीका ३७ हजार ५४५ जना विद्यार्थी एसईई दिँदै

  • नागरिक रैबार
कर्णालीका ३७ हजार ५४५ जना विद्यार्थी एसईई दिँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । उक्त परीक्षामा कर्णालीका ३७ हजार ५४५ जना विद्यार्थीहरु सहभागि हुँदैछन् । शिक्षा विकास निर्देशनालय कर्णालीका प्रदेशका निर्देशक दीपा हमालका अनुसार कर्णालीमा १७३ वटा परीक्षा केन्द्रमा विद्यार्थीहरुले एसईई दिनेछन् ।

रुकुमपश्चिमका २३ वटा परीक्षा केन्द्रमा दुई हजार २३० जना विद्यार्थीले परीक्षा दिनेछन् भने सल्यानमा ५ हजार ६५ जना विद्यार्थी र २३ वटा परीक्षा केन्द्र रहेका छन् । यस्तै हिमाली जिल्ला हुम्लामा एक हजार १४६ जना विद्यार्थी ६ वटा केन्द्र, मुगुमा नौ सय ८९ जना विद्यार्थी र ६ वटा केन्द्र, डोल्पामा ६८० जना विद्यार्थी र ४ केन्द्र, कालिकोटमा ४ हजार विद्यार्थी र २० वटा परीक्षा केन्द्रहरु रहेका छन् ।

जुम्लामा दुई हजार ५०२ जना विद्यार्थी र १६ परीक्षा केन्द्र, जाजरकोटमा ४ हजार १८४ विद्यार्थी र २० केन्द्र, दैलेख पाँच हजार ५८० विद्यार्थी २४ केन्द्र र सबैभन्दा धेरै सुर्खेतमा ९ हजार १६९ जना विद्यार्थी र ३१ वटा परीक्षा केन्द्रहरु रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार