होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भोलिदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा
समाचार

भोलिदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा

  • नागरिक रैबार
भोलिदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि हुँदैछ । जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको तयारी सबै पूरा भएको जानकारी दिए । ‘हामीले सबै परीक्षाको तयारी सकेका छौं । उत्तरपुस्तिकाहरु सबै पुगिसकेको छ,’ उनले भने ।

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

विज्ञापन

राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयहरुले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । ‘सबै स्थानीय सरकारलाई पनि आफ्नो क्षेत्रमा व्यवस्थापन गर्न अनुरोध गरेका छौं । यो परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला सबैले सकारात्मक भूमिका खेलिदिन समेत अनुरोध गर्दछौं,’ उनले भने ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार