होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुगुको छायाँनाथ रारामा आइतबार विद्यालय बन्द नहुने
समाचार

मुगुको छायाँनाथ रारामा आइतबार विद्यालय बन्द नहुने

  • नागरिक रैबार
मुगुको छायाँनाथ रारामा आइतबार विद्यालय बन्द नहुने

मुगु । छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् । नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा क्षेत्रमा असर पर्ने भन्दै आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अध्यक्ष भामका अनुसार शनिबारबाहेक अन्य दिन बिदा गर्दा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरिएको हो ।

विज्ञापन

अझै पुगेनन् पुस्तक

शैक्षिक सत्र सुरु भएको करिब तीन साता बित्न लाग्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।

पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्याउन नगरपालिकाले ताकेत गरेको छ ।

जिल्लामा समयमै विद्यार्थीको हातमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । दुर्गम हिमाली जिल्ला मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको पहुँचसमेत छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार