होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ पुस। राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाजुराले मालिका माविमा अध्ययनरत टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री बाँडेको छ । बैंकको वित्तिय साक्षरता कार्यक्रम अन्तरगतको बजेट मार्फत मालिका माद्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १२ जना टुहुरा बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको राष्ट्रिय बाणिज्य बैंक शाखा बाजुराका प्रवन्धक टिका राम बुढाले बताएका छन् […]
पाल्पा- प्राथमिक तहका शिक्षकको दरबन्दी मिलान गर्ने क्रममा जिल्लाका निमावि र मावि दरबन्दी अभाव हुने अवस्था आएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । प्रावि तहका शिक्षकका भरमा मावि र निमावि कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थी शिक्षक औषतका आधारमा पाल्पाका प्रावि तहका ४४० शिक्षक जिल्ला बाहिरिने छन् । प्राविमा शिक्षक दरबन्दी बढी रहेको भनेर […]
बाजुराका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो। पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका […]
चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार र शुक्रवार उप–महानगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय भएको पुष्टि गरे। उनले शनिबारको मौसमपछि फेरी के गर्ने भन्ने बिषयमा छलफल […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे । नतिजाअनुसार परीक्षामा १ लाख ४ हजार ३४६ जना परीक्षार्थी सहभागी भएकोमा ४ जनाको परीक्षा रद्द गरिएको छ ।
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७६ चैत्र ६ गते (बिहीबार) देखि शुरु हुने छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले आज(मंगलबार) सूचना जारी गर्दै एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ असनवार्य संस्कृत भाषा […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेस्थि सरस्वति आधारभुति विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसो छल्नका लागि टोपी र मोजा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसो छल्नका लागि टोपी र मोजा वितरण् गरिएको हो । […]
सन् १९९१ देखि हरेक वर्ष २५ नोभेम्बरदेखि डिसेम्बर १० सम्म ६००० भन्दा बढी संघसंस्था र १८७ भन्दा बढी देशमा एकसाथ मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि मुलुकभर निकै तामझामका साथ मनाइरहेका छन् । “समानताको पुस्ता: बलात्कार विरुद्धको ऐक्यवद्धता” नारा रहेको यस वर्षको लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान विशेषत छोरीचेलीमाथि हुने […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराको सदरमुकाम मार्तडीस्थित एक निजी विद्यालयले विविआर सिसि क्यामरा जडान गरेको छ । बडीमालिक नगरपालिका ९ दुनीहाटबहादुरमा अवस्थित क्रिएटर जोन एकेडेमीले विद्यालयमा विविआर सिसि क्यामरा जडान गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको क्रियाकलापको चेकजाँच तथा निगरानी गर्न विद्यालयको हाता भित्रको सुरक्षाका लागि विद्यालयको भवनको चार […]
सुदूरपश्चिमाञ्चल विश्वविालयको केन्द्रीय क्याम्पसमा पहिले पटक नेपाली झण्डा राखिएको छ। महेन्द्रनगरस्थित केन्द्रिय क्याम्पसमा विद्यार्थीहरुले नेपाली झन्डा फहराएका हुन्। विश्वविद्यालय प्रशासनले चासो नदिएपछि आफुहरुले झण्डा फहराएको विश्वविद्यालयका विद्यार्थी नागेश प्रसाद पन्तले बताए। महेन्द्रनगरस्थित केन्द्रिय क्याम्पसमा विद्यार्थीहरुले नेपाली झन्डा फहराएका हुन्। विश्वविद्यालय प्रशासनले चासो नदिएपछि आफुहरुले झण्डा फहराएको विश्वविद्यालयका विद्यार्थी नागेश प्रसाद पन्तले बताए। विश्वविद्यालयको प्रवेशद्धार तथा […]
राजेन्द्र बिक/बाजुरा १६ मंसिर। बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न. ६ कोर्ध कि ६ वर्षिया शारीरिक रुपमा अपांग भएकी तुल्छी खड्का लाई बिद्यालय भर्ना गरिएको छ । युनिसेफ बिश्व शिक्षा नेपाल को सहयोग बडिमालिका नगरपालिकाको समन्वयमा सेतोगुरांस बालबिकास सेवा बाजुराद्वारा संचालित समता तथा समाबेसी शिक्षा कार्यक्रम अन्तर्गतका सिकाइ उत्प्रेरक धन बहादुर रोकाया बालबालिकाको अवस्था बुझ्न […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। सदरमुकाम मार्तडीस्थित मालिका माविले विद्यालयमा साविकको भन्दा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम गरेको छ । मालिका माविले विहिबार विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुवीच त्रिपक्षीय अन्तरक्रिया गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित पढाईलाई मध्येनजर गरेर विद्यालयमा त्रिपक्षीय छलफल तथा अन्तरक्रिया गरिएको […]
काठमाडौं । स्थानीय तहका लागि खुलेको विज्ञापनको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले स्थानीय तहका पदका लागि खुलाएको विज्ञापनअनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । आयोगले सफल उम्मेदवारलाई पासपोर्ट साइजको फोटो दुई प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना १ प्रति भरी तोकिएको अन्तर्वार्ता […]
कास्की- कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला […]
कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्याम्पसमा ताला लगाएको हो। गत सोमबार नेविसंघले क्याम्पस प्रशानलाई माग पुरा गर्न एक हप्ताको समय दिएको थियो। नेपाल विद्यार्थी संघ जनज्योती ईकाइ समितिले क्याम्पसमा स्नातक प्रथम वर्षका विद्यार्थीको वृद्धि गरिएको शुल्क फिर्ता गर्नु पर्ने, क्याम्पसको मुखपत्र ज्योती प्रकाशन गर्नुपर्ने, विद्यार्थीहरुको आवश्यकता अनुसारका […]
काठमाडौं । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएको हो र त्यो बेला अतिरिक्त […]
भूवन भट्ट– राजनीतिक हस्तक्षेत्र बढेपछि सुदुरपश्चिमाञ्चल विश्वविद्यालय धरासायी बन्दै गएको छ। विभिन्न दल र तीनका भातृ संगठनहरुले विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाएपछि धरासायी बन्दै गएको हो। लामो रस्साकस्सी र ठुलो संघर्षपछि स्थापना भएको विश्वविद्यालयको तल्लो निकायदेखि उपल्लो तह सम्म राजनीति हावी भएपछि अपेक्षाकृत उपलब्धी पाउन सकिएको छैन्। पछिल्लो पटक उपकुलपति र रजिष्टार नियुक्तीको विषयलाई लिएर नेपाली […]
बाजुराको मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ। नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन्। आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले भारतले नेपालको भुमिमाथि गर्दै आएको हस्तक्षेप नेपालका लागि अब सैह्य नहुने बरु नेपाली भुमिको रक्षाका लागि जस्तो सुकै युद्ध गर्नपनि तयार रहेको बताएका छन् । मंगलबार बाजुरा आगिंक क्याम्पसको समुद्घाटनमा बोल्दै उहाँले नालापानीको युद्धमा केटाकेटीहरु, बुढाबुढीहरु, महिलाहरु लडेर त्यो बेलाकोे अंग्रेज सेनाहरुलाई […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालावन्दी गरेको छ । सोमबार विहान नेविसंघ बाजुरा क्याम्पस ईकाइ समितिले आफ्ना ६ बुदे मागसहित क्याम्पसमा तालाबन्दी गरेको हो । नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका सचिव धनबहादुर थापाको नेतृत्वमा गएको टोलीले एक विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेको हो । नेविसंघले क्याम्पसमा […]