होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • भारतीय हस्तक्षेप सहदैनौं, बरु युद्ध स्वीकार्छौ – नेता थापा
बाजुरा बिशेष

भारतीय हस्तक्षेप सहदैनौं, बरु युद्ध स्वीकार्छौ – नेता थापा

  • नागरिक रैबार
भारतीय हस्तक्षेप सहदैनौं, बरु युद्ध स्वीकार्छौ – नेता थापा

नागरिक रैबार/बाजुरा २६ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले भारतले नेपालको भुमिमाथि गर्दै आएको हस्तक्षेप नेपालका लागि अब सैह्य नहुने बरु नेपाली भुमिको रक्षाका लागि जस्तो सुकै युद्ध गर्नपनि तयार रहेको बताएका छन् ।

मंगलबार बाजुरा आगिंक क्याम्पसको समुद्घाटनमा बोल्दै उहाँले नालापानीको युद्धमा केटाकेटीहरु, बुढाबुढीहरु, महिलाहरु लडेर त्यो बेलाकोे अंग्रेज सेनाहरुलाई पराजित गरेको ईतिहास साँछी छ, बरु भारत पराजित भएको थियो, नेपाली कहिल्यैँ पराजित भएनन्, हेक्का होस् भारतलाई उहाँको भनाई थियो ।

पुर्व उद्योग मन्त्री समेत रहेका नेता थापाले खुकुरी र तरवारले बम गोलाको सामना गरी स्वाभिमान बचाउँने नेपालीसित जोरी खेल्नु व्यर्थ रहेको जिकिर गर्नु भएको थियो । भारतसित कति सेना छ । कति ठुलो शैन्यशक्ति छ त्यो कुनै मतलव छैन् उनले भने ।नेपालीले नेपाली भुमि मिचिदा सम्पूर्ण नेपाली सेनाको रुपमा उपस्थित भएर लिपुलेक, कालापानी र नालापानी लगायतका सिमा नाकाहरुमा दरिलो उपस्थिति जनाउँने छ ।

विज्ञापन

यतीबेला नेपाल भारत सिमा नाकासंग जोडिएको दार्चुलाको लिपुलेख देखि लिम्पियाधुरा सम्मको कालापानी क्षेत्रलाई भारतीय हस्तक्षेपबाट रोक्न अहिले सिंगो देश एक भएको छ ।

भारतलाई हेक्का होस् नेपालीहरु जब स्वाभिमानको विषय उठ्छ सिंगो नेपाली सेनामा रुपान्तरित हुन्छन् । भुमिका विषयमा कुनैपनि गलत सन्धीसम्झौँता गर्दैनौँ । यहाँ कुनै पार्टीको कुरा छैन् । सिंगो देशको कुरा छ । सम्पूर्ण दल र नेपाली जनताले एक भएर लाग्नु पर्ने बताए ।

बाजुरा क्याम्पस त्रिभुवन विश्व विद्यालयबाट २०६३ सालमा सामुदायिक क्याम्पसको रुपमा सम्वन्धन प्राप्त गरि २०७५ साल श्रावण १ गतेदेखि सुदूरपश्चिाञ्चलल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रुपान्तरण भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार