होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले गत तीन आर्थिक वर्षमा साढे २४ करोड रुपैयाँको मानपदवी र अलङ्कार वितरण गरेको छ । वर्षैसाल यस्तो मानपदवीमा खर्च बढ्दै गएपछि महालेखा परीक्षकको कार्यालयले खर्च घटाउन सिफारिस गरेको छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार २०७५/७६ मा ५१८ जना, २०७६/ ७७ मा ६३३ जना र यो वर्ष ५९३ जना विभूषित गर्ने निर्णय […]
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तहमा ४३ अर्ब ९० करोड, ९५ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा थपिएको ४३ अर्ब बेरुजु समेत गरेर अब स्थानीय तहको बेरुजु रकम एक खर्ब ३६ अर्ब ३२ करोड २४ लाख पुगेको छ । गत आर्थिक वर्ष ०७७/०७८ महालेखा […]
काठमाडौं । गत आर्थिक वर्षमा बेरुजु १५.४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६-७७ को तुलनामा २०७७-७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार २०७७-७८ मा कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड […]
धनगढीः सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल सुरु भएको छ। प्रतिपक्षी दल र सरकारबीच सहमति भएसँगै संसद्मा छलफल सुरु भएको हो। प्रतिपक्षी दल एमाले, जसपा र लोसपाले सरकारसँग १४ बुँदे माग राखेर सहमति गरेपछि बहिस्कार गरिरहेको बैठकमा छलफल थालिएको नेताहरुले बताएका छन्। प्रतिपक्षको १४ बुँदामा सुशासन ऐन २०७५ बाहेकका योजनाहरू कटौती गर्ने उल्लेख गरिएको छ। प्रदेश […]
एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् । मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मात्र जम्मा […]
चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५३.३ प्रतिशतले सुधारिएको हो । गत आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँको निर्यात भएको थियो । यस अवधिमा नेपालबाट सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै भएको छ । […]
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको […]
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन्। नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन्। प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो। बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए। पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो। […]
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार सरकारको नियमित भुक्तानी रोकिएको छ । उक्त नियमावली अनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक सबै भुक्तानी दिनु पर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनु भन्दा सात दिन अगावै नै निकासा र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्छ । चालु आर्थिक […]
काठमाडौँ — संघीय संरचनासँगै बजार अनुगमनको दायित्व प्रदेश तथा पालिकालाई दिइएको छ । संविधानको अनुसूची ८ ले दिएको अधिकारअनुसार पालिकामा बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा स्थानीय तहको हो । तर बजार अनुगमनमा पालिकाको रुचि छैन । अनुगमनमा पालिका सक्रिय नहुँदा एकातर्फ बजारभाउ बढ्दो क्रममा छ भने अर्कोतर्फ नियन्त्रणबाहिर गएको पनि छ । प्रदेश र पालिकाकै […]
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ। (आज) सोमबार ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ। योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ। यसअघि ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो। असार १ गते प्रदेश सरकारले ल्याएको आगामी […]
धनगढी । आर्थिक वर्ष २०७९/८० को बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको वैठक आइतबार पनि स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरुले संशोधन हुनुपर्ने माग गर्दै बजेटमाथिको छलफल अस्वीकार गरे । त्यस क्रममा दलका सांसद र आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलबीच चर्काचर्की नै एको थियो । […]
चालु आर्थिक वर्षको बजेट खर्च आइतबारदेखि नै रोकिने भएपछि अन्तिम दिन आज ठूलो भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आज आइतबार एकै दिन अधिकतम २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो । यस्तो भुक्तानी चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी तीन क्षेत्रबाट भएको हो । महालेखा नियन्त्रकका अनुसार […]
काठमाडौं । विदेशमा अध्ययन गर्न जान पछिल्लो ६ महिनामा मात्रै ८२ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म(१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको छ । यो […]
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरण अनुसार सो जिल्लाका नागरिकले मात्रै रु ९३ करोड […]
कैलाली: पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन्। मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ। मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ। खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ। दुई महिनाअघि प्रतिलिटर ३५० […]
कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषीफिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति […]
चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताइरहेका महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो । त्यसैगरी सम्बन्ध विच्छेद […]
महेश कार्की ,बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका सबै सामुदायिक विद्यालयहरुमा र स्वास्थ केन्द्रमा फ्रीरी ईन्टरनेट सेवा जोडन गरिने भएको छ । शिक्षा क्षेत्रको गुणस्तर बढाउन र बिद्यालयलाई विश्वसँग जोडनका लागि इन्टरनेट सेवा जोडन गर्न लागिएको नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनु भएको छ । यस भन्दा अगाडी कोल्टी क्षेत्रमा सुबिसु,एडिसल ईन्टरनेट सेवा संचालनमा भए पनि […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन् । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका हुन् । […]