होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट
समाचार

२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट

  • नागरिक रैबार
२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो ।
बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका अनुसार हालसम्म ७५३ मध्ये ५२८ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९–८० को बजेट पेश गरेका छन् ।

हालसम्म बजेट पेश गर्नेमा प्रदेश १ का १०२, मधेस प्रदेशका ७०, बागमती प्रदेशका ८४, गण्डकी प्रदेशका ७२, लुम्बिनी प्रदेशका ८३, कर्णाली प्रदेशका ५६ र सुदूरपश्चिम प्रदेशका ६१ स्थानीय तह रहेका छन् । बजेट पेश नगर्नेमा प्रदेश १ का ३५, मधेश प्रदेशका ६६, बागमती प्रदेशका ३५, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका २६, कर्णाली प्रदेशका २३ र सुदूरपश्चिम प्रदेशका २७ वटा स्थानीय तह छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार