होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका पालिकामा बर्सेनि बढ्दै बेरुजु
बाजुरा बिशेष

बाजुराका पालिकामा बर्सेनि बढ्दै बेरुजु

  • नागरिक रैबार
बाजुराका पालिकामा बर्सेनि बढ्दै बेरुजु

बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ ।

नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब मिलान गर्न नसक्दा बेरुजु रकम बढी देखिएको दाबी गरे । उनले भने, ‘विगतमा लेखाबाट केही त्रुटि भएको हो । अब बेरुजु ह्वात्तै घटाउँछौं ।’ चार वटा नगरपालिका रहेको बाजुरामा त्रिवेणी नगरपालिकामा हालसम्म सबैभन्दा धेरै १७ करोड ९२ लाख ३० हजार, बुढीनन्दा नगरपालिकामा ११ करोड ९१ लाख ९७ हजार, बुढीगंगा नगरपालिकामा ७ करोड १३ लाख २५ हजार बेरुजु रकम छ भने सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा ६ करोड ६५ लाख ४७ हजार बेरुजु रहेको उल्लेख छ ।

पाँच वटा गाउँपालिका रहेको बाजुरामा स्वामिकार्तिक खापर गाउँपालिकामा सबैभन्दा धेरै ९ करोड ६७ लाख ६९ हजार, खप्तड छेडेदह गाउँपालिकामा ८ करोड २९ लाख ८१ हजार, हिमाली गाउँपालिकामा ८ करोड १५ लाख १४ हजार, जगन्नाथ गाउँपालिकामा ६ करोड ५५ लाख ३० हजार बेरुजु रकम पुगेको छ । गौमूल गाउँपालिकामा ३ करोड ६२ लाख ३५ हजार बेरुजु रकम रहेको छ ।

विज्ञापन

कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार