होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमलाई आफ्नै बजेट कार्यान्वयन गर्न पनि सकस
समाचार

सुदूरपश्चिमलाई आफ्नै बजेट कार्यान्वयन गर्न पनि सकस

  • नागरिक रैबार
सुदूरपश्चिमलाई आफ्नै बजेट कार्यान्वयन गर्न पनि सकस

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷८९ का लागि कुल ३१ अर्ब ४७ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो। चालुतर्फ १२ अर्ब ५७ करोड ३५ लाख तथा पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख गरिएको हो। तर, चालु र पुँजीगत गरी ६६ दशमलम ७६ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको छ। चालुतर्फ ७२ दशमलव ३२ तथा पुँजीगततर्फ ६४ दशमलब शून्य ७ प्रतिशत बजेट कार्यान्वयन भएको हो।

प्रदेशगत रुपमा तुलना गर्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयन मध्यभाग देखिएको छ। प्राविधिक जनशक्ति अभाव, नयाँ जनशक्तिको पदपूर्ति नभएका कारण अपेक्षा अनुसार बजेट कार्यान्वयन नभएको आर्थिक मामिला मन्त्रालयका उपसचिव तुलसीप्रसाद भट्टराईले बताए। ‘झण्डै ११ अर्वको हाराहारीमा प्रदेशको बजेट कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘मुख्य कारण भनेको प्राविधिक जनशक्ति अभाव र भएको जनशक्ति पनि अन्यत्र जानु नै हो।’

कुल विनियोजित बजेटमध्ये २१ अर्व पनि कार्यान्वयन हुन सकेको छैन। पुँजीगत बजेट कार्यान्वयन १२ अर्व पनि पुग्न नसकेको अवस्थामा अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनको तुलना गर्दा खासै अन्तर नभएको विषयगत मन्त्रालयका अधिकारीहरु बताउँछन्। प्रदेश सरकारले ठुला योजनाका लागि विनियोजन गरेको बजेट अझै कार्यान्वयन हुन सकेको छैन।

विज्ञापन

निर्माण व्यवसायीले मुल्यवृद्धिको विरोध गर्दै लामो समय निर्माण कार्य ठप्प पार्दा पूर्वाधार विकासका काम अगाडी बढ्न नसकेको भौतिक पूर्वाधार विकासमन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवर बताले बताए। ‘डीपीआरबीनाका योजनामा बजेट हाल्ने प्रवृत्ति र एउटै कार्यालयले सयौँ योजना हेर्नुपर्ने लगायत कारण पूर्वाधार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा समस्या देखिएको छ,’ उनले भने।

प्रदेश सरकारले झण्डै ७ अर्वको विकास बजेट कार्यान्वयन गर्न सकेको छैन्। प्रदेश सरकार आफैले ल्याएको बजेट समेत कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुग्नु भनेको प्रदेश सरकारको बजेट कार्यान्वयन शैली नै गतल भएको प्रदेशवासीको गुनासो छ। कार्यकर्तालाई केन्द्रित गरेर ल्याएको बजेट कार्यान्वयन भएको देखिन्छ भने विकासमा केन्द्रित बजेटको ठुलो अंश वर्षेनि कार्यान्वयन नभएर फ्रिज हुने गरेको सरोकारवाला बताउँछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार