होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ३ वर्षमा विभूषण वितरणमा साढे २४ करोड खर्च
समाचार

३ वर्षमा विभूषण वितरणमा साढे २४ करोड खर्च

  • नागरिक रैबार
३ वर्षमा विभूषण वितरणमा साढे २४ करोड खर्च

काठमाडौं । सरकारले गत तीन आर्थिक वर्षमा साढे २४ करोड रुपैयाँको मानपदवी र अलङ्कार वितरण गरेको छ । वर्षैसाल यस्तो मानपदवीमा खर्च बढ्दै गएपछि महालेखा परीक्षकको कार्यालयले खर्च घटाउन सिफारिस गरेको छ ।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार २०७५/७६ मा ५१८ जना, २०७६/ ७७ मा ६३३ जना र यो वर्ष ५९३ जना विभूषित गर्ने निर्णय भएको थियो । त्यसैगरी २०७८/७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्णय भएको छ ।

घोषणा गरेका विभूषण तयार गर्न गृह मन्त्रालयले २०७५/७६ मा रू. ५ करोड ६९ लाख ७७ हजार, २०७७/७८ मा ८ करोड ५० लाख र २०७७/७६ मा रू.१० करोड २२ लाख १६ हजार खर्च गरेको देखिन्छ ।

विज्ञापन

विगतमा घोषणा भएमध्येको १७६ मानपदवी, ३६ अलङ्कार र ६२ पदकसमेत २७४ विभूषण वितरण नभई मौज्दात रहेको महालेखाले जनाएको छ । ‘विभूषण तयार गर्न लाग्ने लागत वर्षेनी बढ्दै गएकोले लागतमा कमी ल्याउने तथा विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ’ महालेखाले प्रतिवेदनमा भनेको छ ।

विभूषण ऐन, २०६४ मा ४ प्रकारका १२ श्रेणी मानपदवी, ९ प्रकारका अलङ्कार र १३ प्रकारका पदकबाट राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई विभूषण समितिले स्वीकृत गरेको मापदण्ड, २०७५ बमोजिम सिफारिस गर्ने र नेपाल सरकारले निर्णय गर्ने व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै