होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : नेकपा (एमाले)को केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना परेका छन्। एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन्। एमालेको सचिवमा कैलालीका लेखराज भट्ट विजयी भएका छन्। यस्तै केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना विजयी भएका छन्। रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। एमालेमा […]
नेपाली काँग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ । यस्तै बागमती प्रदेशमा चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न भएको छैन […]
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ।महाधिवेशनको बिहान ११ बजे उद्घाटन गर्ने तयारी छ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री […]
काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । […]
१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत […]
नागरिक रैबार । मंसिर १४ बाजुरा । जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले […]
काठमाडौँ — नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्ने घोषणा गरेका थिए । अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका थिए । मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने […]
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका […]
नेकपा (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन्। अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए। मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उमेदवारी […]
नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा जहाँ पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ । जसले गर्दा एमालेका महाधिवेशन प्रतिनिधिले पूर्वमाओवादीलाई रोज्ने कि पार्टीभित्रकै असन्तुष्ट पुराना नेतालाई रोज्ने भन्ने जटिल निर्णय लिनुपर्ने अवस्था देखिएको छ । ६ वटा उपाध्यक्ष पदका लागि ओलीले युवराज […]
धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा ३०१ जना केन्द्रीय कमिटीको प्रस्तावित नाम सूची पेश गरेका छन्। उनले विगतको केन्द्रीय कमिटीका अधिकांसलाई समेट्दै नयाँ नामहरू थपेर पेश गरेका हुन्। उनले पेश गरेको सूचीमा सुदूरपश्चिमका २२ जना परेका छन्। प्रस्तावित केन्द्रीय कमिटिमा लेखराज भट्ट, कर्णबहादुर थापा, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, नरबहादुर […]
नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ओलीले आफूलाई अध्यक्षका रुपमा प्रस्ताव गर्दै सूची बनाएका छन् । त्यसका विरुद्ध अध्यक्ष पदमा रावलले उम्मेदवारी […]
नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाकाे केन्द्रीय कमिटीकाे सूचीकाे अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल […]
१२ मंसिर २०७८ चितवन । नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको […]
धनगढी : सुदूरपश्चिममा राजनीतिक दल सम्बन्धी ऐनको धज्जी उडाउदै सरकारी शिक्षक र कर्मचारी सक्रिय राजनीतिमा होमिएका छन्। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सरकारी कोषबाट तलब भत्ता खाने कुनै पनि कर्मचारी दलिय राजनीतिमा सहभागी हुनु गैरकानूनी हो। तर कानूनविपरीत काम गर्न सरकारी वेतनधारी नै अग्रसर भएको देखिएका छन्। शिक्षक तथा कर्मचारीलाई राजनीतिमा लाग्न दलहरुले नै […]
काठमाडौं, मंसिर ११। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।बन्द सत्रमा एमाले केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय अनुमोदनका लागि पेस हुनेछ । बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरुले […]
नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न […]
चितवन । मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार चितवनमा दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । नारायणी नदी छेउमा आयोजना हुने उद्घाटन सत्रमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनको सरगर्मी बढेसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले महाधिवेशन प्रतिनिधिसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् । […]
नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन कपिलवस्तुको शिवराजबाट नारायणगढ आइपुग्न महाधिवेशन प्रतिनिधि उपेन्द्रनाथ खनाललगायतको टोलीलाई रातभर लाग्यो । चर्को जामका कारण नारायणगढ आइपुग्न रातभर लागेको उनले बताए । ‘राति ९ बजे हामी शिवराजबाट चितवनका लागि हिँडेका थियौँ, चर्को जामका कारण आइपुग्न रातभर लाग्यो’, उनले भने, ‘बिहान ६ बजेमात्र आइपुग्न सफल भयौँ । दुई वटा […]
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन […]