होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम । अछामको साँफेबगर नगरपालिका–२ को बागविणी पुरानो बस्ती हो । जहाँ बाहुन, क्षत्री र दलित समुदायका मानिसको बसोबास छ ।धार्मिक, सांस्कृतिक र अन्य सामाजिक विषयमा सबै जातजातिका मानिसको एकै प्रकारको परम्परागत मान्यता र प्रचलन भए पनि खानेपानी वितरणको सम्बन्धमा भने जात जहिल्यै तगारो बन्ने गरेको छ । गाउँको माथिल्लो भाग जसलाई समुदायका मान्छेले सामुदायिक वनका रूपमा संरक्षण […]
डडेल्धुरामा नेकपा एमाले फुटेको छ । गत जिल्ला अधिवेशनमा एमालेको डडेल्धुरा अध्यक्षमा निर्वाचित डा. तारा जोशी बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । लामो समयसम्म कतै पनि नखुलेका डा. जोशी डडेल्धुरामा आयोजना भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । एमालेमा देखिएको व्यक्तिवादी, सिद्धान्तहीन र अराजकतावादी […]
काठमाडौं !निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ । […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिवमा बाजुराका युवा नेता तथा बाजुरा जिल्ला प्रदेश (क) का सांसद बल्देब रेग्मीलाई मनाेनित भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको मंगबार बसेकाे बैठकले सांसद रेग्मीलाई उपसचिव पदमा मनाेनित गरेकाे हाे । सांसद रेग्मी यस अघि नेकपा एमाले बाजुरा जिल्ला कमिटिकाे सचिव समेत रहेर काम गरेका थिए । […]
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधनका क्रममा रावलले कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताएका हुन्।उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकतावद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन्। ‘यो महाधिवेशनबाट एमालेलाई […]
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, […]
काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ । हाल प्रदेश १ […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बोलाइएको बैठक बहिष्कार गरेका छन् । उनले यो बैठकलाई ‘१० बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन १२ विपरीत भएकाले अवैध र गुटबन्दीको नमुना’ भनेका छन् । १० बुँदे कार्यान्वयन भैसकेको भनेर एमालेको संस्थापन पक्षले भनिरहेका बेला रावलले भने यसको कार्यान्वयनमा गम्भीर समस्या […]
नागरिक रैबार/बाजुरा २३ कार्तिक। पूर्व संविधान सभा सदस्य तथा तथा नेपाली काँग्रेस बाजुराका महाधिवेशन देवराज जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनु भएका छन् । सोमबार सरकारले सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । जस अनुसार बाजुराका पूर्व सभाषद् जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । प्रधानमन्त्री शेरबहादुर […]
हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको […]
सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । बैठकमा सरकार सञ्चालन प्रभावकारी बनाउन बनाउने विषयमा छलफल हुनसक्ने एक नेताले बताए । यस्तै अदालतमा देखिएको समस्याका विषयमा पनि नेताहरुबीच छलफल हुनसक्ने बताइएको छ । बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा र जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता […]
२२ कात्तिक, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । नेकपा एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाहेकका अरु दल आफूहरुसँग प्रतिस्पर्धामा नै नरहेको बताएका हुन् । ‘हाम्रो प्रतिस्पर्धा अलिकति नेपाली कांग्रेससँग हुनेछ,’ उनले भने,‘अरु नेपाली कांग्रेसको आड लागेकाको दम छैन एक्लै लड्ने […]
नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको […]
२१ कात्तिक, काठमाडौं । भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ […]
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न चुनावसम्मै गठबन्धन कायम रहने र चुनावी तालमेल हुने बताउँछन् । तर कांग्रेसकै कतिपय नेताहरू चुनावमा तालमेल गर्न नहुने बताउँछन् । प्रचण्डकै गृहजिल्ला चितवनमा कांग्रेस जिल्ला सभापतिले कांग्रेसकै चुनाव चिह्न रुखमा मतदान गर्ने अडान राखेका छन् । जसले गर्दा प्रचण्ड चिन्तित भएको अभिव्यक्ति आइसकेको छ । यस्तो बेला […]
नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । तेह्रथुम, सङ्खुवासभालगायत […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम गर्न सघाउ पु¥याउने बताए । प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामना गर्नाका […]
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।’ यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र […]
काठमाडौं, १५ कार्तिक । कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् ।सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच सात्ता साझेदारीको सहमतिबमोजिम नै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।अब कर्णालीमा कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने भएको छ। कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित् छ ।