होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुर्खेत । नेपाली कांग्रेसको चुनाव गराउन सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालय बन्द गरिएको छ । विद्यालयले सूचना प्रकाशन गरी मंगलबार विदा दिएको छ । र विद्यालय प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको छ । विद्यालय आफैंले नभई पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा बन्द गरिएको प्रचार्य कृष्ण सापकोटाले […]
धनगढी : ०७१ सालमा भएको नवौं महाधिवेशनमा भीम रावल लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भए। चितवनमा हुने दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने रावलले घोषणा गरिसकेका छन्। उम्मेदवारी घोषणा गर्दै रावलले आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका छन्। तर रावललाई दशौं महाधिवेशनमा साख बचाउन चुनौती छ। सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल […]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे । उनले आगामी […]
सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ […]
सोमबार दिउँसो तीन बजेका लगि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भयो । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, यो बैठकमा केन्द्रीय कमिटीबाट मनोनित हुने महाधिवेशन प्रतिनिधि चयन लगायतबारे छलफल गर्ने कार्यसूचि छ । […]
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बिहान ११ बजे सुरू हुनेछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी तय भएको बैठक स्थगित भएको थियो । बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ । […]
एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ । उपाध्यक्ष […]
काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार बनाउन सकस चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा आफ्नो टिम घोषणाको गृहकार्यमा छन् । आफ्नो समूहका नेताहरूले टिम घोषणाको प्राधिकार देउवालाई दिइसकेका छन् । तर, उनलाई पदाधिकारी आकांक्षी मिलाउन चुनौती छ । प्रधानमन्त्रीमा रहेर प्रतिस्पर्धामा उत्रँदा देउवाले धेरै खालका दबाब र जोखिम महसुस गरिरहेको उनीनिकट […]
काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पार्टीको चौधौं महाधिवेशनमा आफू पिछडिएको क्षेत्रको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि कुरा गर्दै नेता पाण्डेले भने, “हाम्रो समूहमा यसबारे छलफल भएको छैन । यो मेरो व्यक्तिगत दाबा हो । म दुईवटा महाधिवेशनमा लगातार केन्द्रीय […]
काठमाडौं, ५ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो । ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष बन्न विधान महाधिवेशनमार्फत् विधान संशोधन गराइसकेका […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए । तर […]
एमाले अध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको […]
धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिको अनुपस्थितिमा पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन भएको छ। डडेल्धुराका दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिहरू करुणाकर भट्ट र मानबहादुर बुढा पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेका छन्। तर डडेल्धुरामा शुक्रबार पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ। डडेल्धुरामा प्रदेश २ को सभापतिमा जिल्ला समन्वय समिति […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न शनिबार बिहान विप्लव खुमलटार पुगेका हुन्। भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए। प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको खुमलटार स्रोतको दाबी छ। दुई नेताबीच कम्युनिस्ट […]
नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी […]
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्नुपर्ने भन्दै जिल्ला सदरमुकाममा रहेका ४ विद्यालयलाई ३ दिन पठनपाठन बन्द गर्न पत्राचार गरेको छ। नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई जिल्ला अधिवेशनका लागि विद्यालयमा विदा गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको […]
करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्वाकांक्षी योजनामा शुक्रबारसम्म सात लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए । ‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने […]
काठमाडौँ — दसौं महाधिवेशन नजिकिँदै गर्दा एमालेमा केन्द्रीय पदाधिकारीका लागि एक दर्जन महिला आंकाक्षी देखिएका छन् । १५ सदस्यीय पदाधिकारीमा विधानले आरक्षणको व्यवस्था नगरेकाले विवेकसम्मत ढंगले महिलालाई निर्वाचित गराउनुपर्ने माग पनि उठिरहेको छ । मंसिर १०–१२ मा हुने महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव चयन गर्नेछ । उपाध्यक्ष अष्टलक्ष्मी […]
धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिममा सबैभन्दा ठूला पार्टी एकिकृत समाजवादी रहेको दाबी गरेका छन्। तत्कालिन सुदूरपश्चिमको नेपाल कम्युनिस्ट पार्टीको कार्यालय समाजवादीले लिएको भन्दै सो कुरा प्रमाणित भएको उनले बताए। बिहीबार प्रादेशिक पार्टी कार्यालयको उद्घाटन गर्दै उनले सुदूरपश्चिममा एकीकृत समाजवादी ठूलो पार्टी रहेको र अझै ठूलो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका […]
नागरिक रैबार/बाजुरा १ मंसिर। नेकपा एमाले बाजुराले पार्टीको दशौं महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको टंगो लगाएपछि अहिले पार्टी भित्रैबाट नेता तथा कार्यक्रर्ताहरुले तिव्र आलोचना गरिरहेका छन् । एमालेको प्रतिनिधि छनोटको विषयलाई लिएर अहिले चोकदेखि चियापसल र सामाजिक संजालमा तिव्र आलोचना भईरहेको छ ।एमाले बाजुराले प्रतिनिधि छनोट गर्दा बाजुरामा ६ जना दलित प्रतिनिधि समेट्नु पर्ने भएपनि […]