होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — स्थानीय तह निर्वाचन संघारमै आइपुगेको छ, ‘माथिल्लोस्तर’ का नेताहरूले निम्नस्तरका शब्दमा एकअर्काको उछितो काढिरहेका छन् । कतै–कतै समृद्धि र पूर्वाधारका बहस पनि भएका छन् तर आधारबिनाका । खासमा, हाम्रा स्थानीय मुद्दा के हुन् जसमा जनप्रतिनिधिले साँच्चै हस्तक्षेप र सुधार गर्न सक्छन्, ती विषय ओझेल नपरून्, एउटा विषय म उठाउँदैछु । पत्रकारिताका लागि म काठमाडौं बस्छु तर आमाबा […]
काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयेगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय […]
स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, […]
काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए। मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्। मतदानका लागि परिचयपत्र अनिवार्य हो […]
यतीबेला देश चुनाबी माहोलमा छ । यो माहोलमा उम्मेदवारहरु आफ्नो प्रचारप्रसामा ब्यस्त छन् । चुनाबी प्रचारप्रसारमा पुरुषलाइ त केहि अप्ठ्यारो हुँदैन तर महिलालाइ भने साह्रै अप्ठ्यारो हुने गरेको छ । महिला उम्मेदवारहरुलाइ प्रचारप्रसारको दौडधुप एकतिर हुन्छ भने घरको कामधन्दा अर्कोतिर । किनभने महिला उम्मेदवार महिलाले चुनाबी प्रचारमा मात्रै नभएर अन्य सबै क्षेत्रको काममा सबै घरको […]
धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताएका छन्। चुनावी दौडधुपमा गृहजिल्ला पुगेका देउवाले मंगलबार अमरगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’ देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ। त्यसपछि प्रदेश […]
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् । त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गौतमले कविता वाचन गरेका […]
काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ ।गोरखाको पालुङटार नगर प्रमुखमा एमालेले जसपालाई सहयोग गर्ने र उपप्रमुखमा जसपाले एमालेलाई सहयोग गर्नेगरी तालमेल भएको हो । ‘स्थानीय तहको निर्वाचनमा गोरखा जिल्ला पालुङटार नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने र […]
काठमाडौँ, २७ वैशाख । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको हो । उक्त समयमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । आयोगले राजनीतिक दललाई निर्वाचनसम्बन्धी भेला, […]
धनगढीः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा छन्। उनी डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी छन्। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका छन्। सोमबार गन्यापाधुराको चुनावी सभालाई सम्बोधन गरेका देउवाले मंगलबार दिउँसो अमरगढी र परशुराम नगरपालिकामा सम्बोधन गर्दैछन्। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले […]
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई नजिताइकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम […]
सिमकोट । स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् ।यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् । गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ की काली रोकायाले […]
नागरिक रैबार/ बाजुरा २६ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बाजुरामा शान्ति पूर्ण तरिकाले सम्पन्न गर्ने सर्वदलीय बैठकले निणर्य गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकमा सहभागि भएका राजनीतिक दलका प्रमुख नेताहरुले निर्वाचन आचार संहिताको,पूर्ण परिपालना गर्ने निणर्य गरेका हुन् । त्यसै गरी भोली २७ गते राति १२ […]
स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ । नेपाल प्रहरीको कमाण्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म ज्यान गइसकेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो । […]
धनगढीः नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिने चेतावनी दिएका छन्। सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले बागीलाई कारवाही गर्ने चेतावनी दिएका हुन्। ‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु। बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। बागी […]
धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताए । उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ […]
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् । आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए । सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई […]
बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको […]
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे । ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले […]
हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । निर्वाचन सुरक्षाका लागि २ सय ९८ जना नेपाल प्रहरी, २ सय ५० जना नेपाली सेना, १ सय ६० जना सशस्त्र […]