होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको रातोपाटीलाई बताए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको […]
काठमाडौं : संघीय सरकारले सुदूरपश्चिम प्रदेशसहित सातै प्रदेशलाई भेन्टिलेटर र आईसीयू खरिका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ। सरकारले प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयू किन्नका लागि रकम निकासा गरेको हो। मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन […]
चिनियाँ राष्ट्रपति शी जिनपिङले संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था मुश्किलसहितको परिवर्तनसँग गुज्रिरहेको र यसले बाहिरी बजारमा जोखिम बढाइरहेको बताएका छन् । उनले नीति निर्माताको वृद्धि दर बढाइरहनका लागि घरेलु मागमा आफ्नो विश्वास बढाउनुपर्ने बताएका छन् । सोमबार शी जिनपिङको अध्यक्षतामा आयोजना भएको एक सेमिनारले उनले सो कुरा बताएका हुन् । यो सेमिनारमा नीति सल्लाहकार र […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र निकै पेचिलो बनेको एक विषय हो– मिलेनियम च्यालेन्ज कम्प्याक्ट अर्थात् एमसीसी सम्झौता । यो सम्झौता स्वीकार गर्ने या नगर्ने भन्नेमा नेकपामा लामै समय विवाद भयो । अहिलेसम्म पनि यसको पक्ष र विपक्षमा नेताहरु विभाजित नै छन् । नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच […]
धनगढी: सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट अवैध काठ बरामद भएको छ। प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति समेत रहेकी उनका स्वकीय सचिव शर्मानन्द जोशीको घरबाट अवैध काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जानकारी दिएको छ। डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जोशीको घरबाट ५ गोलिया सालको काठ, चिरान गरिएका ४ […]
यस अघि विभिन्न लाभका पदमा नियुक्ति लिएका डा. उपेन्द्र कोइरालालाई अर्थमन्त्रालले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको छ। उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीसमेत रहेका कोइराला विगतमा लाभका पदमा रहँदाको कार्यकाल सँधै विवादास्पद रहेको छ। मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका हुन्। रक्षामन्त्री पोखरेलको दवावमा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाउने तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको छ । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । छलफलका लागि अध्यक्ष प्रचण्ड पौने १० बजे […]
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट नगरेको दावी गरेकाे छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली रामारोशन गएको थियो । भर्खरै गँजाउन लागेकाे धानमाथी गृहमन्त्रीलगायतका व्यक्तीहरु बसेकाे फाेटाे सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । गृहमन्त्रीकाे सचिवालयले प्रचार गरिए […]
धनगढी : चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टसहित स्वकिय सचिवालय र कार्यालयका अधिकासं कर्मचारी सेल्फ क्वारेन्टिनमा बसेपछि कार्यालय आशिंक रुपमा बन्द भएको हो। मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले कार्यालय आशिंक रुपमा बन्द भएको हो। उनले मुख्यमन्त्री भट्टसंगै प्रमुख सचिव लगायतका कर्मचारी क्वारेन्टिनमा बसेको […]
८ भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आफूहरुको निर्देशन नमानेर जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आक्रोश पोखेको छ । मन्त्रालयलाई गत वैशाखमा नै कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन सेन्टर र प्रयोगशाला थप गर्न निर्देशन दिए पनि अहिलेसम्म पालना नगरेको भन्दै आक्रोश पोखेको हो वैशाखपछि पनि समितिले कोरोना […]
८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) द्वारा गठित ६ सदस्यीय कार्यदलको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली प्रचण्डले सोमबार बालुवाटारमा छलफल गर्दैछन् । छलफलमा कार्यदलको १६ पन्ने लघु प्रतिवेदनले दिएका सुझावहरुलाई कार्यान्वयन गर्नेबारे दुई अध्यक्षवीच छलफल हुने स्रोतले बतायो । नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको […]
८ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायत धान खेतमा बनाइएको मञ्चमा देखिने एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ । स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेका थिए । त्यही तस्वीरलाई लिएर […]
काठमाडौँ — मुलुक कोरोना महामारी र बाढीपहिरोको दोहोरो संकटबाट गुज्रिरहेका बेला आन्तरिक कलहको चुलीमा पुगेका नेकपा नेताहरू अन्ततोगत्वा ९ महिनाअघिको तामेली सहमति कार्यान्वयन गर्न लगभग सहमत भएका छन् । तर सत्ताधारी राजनीतिक दलले यत्रो ९ महिनाको दहलफसल केका लागि गर्यो र केले नेताहरूलाई मिलायो भन्ने सवालको जवाफ समस्या समाधानका लागि तयार पारेको कार्यदलको प्रतिवेदनले समेत दिन […]
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरुले आजबाट काम गर्ने बताए । […]
नागरिक रैबार बाजुरा ७ भदौ बाजुरामा काँग्रेसको आधार ईलाका मानिदै आएको त्रिवेणी नगरपालिकामा काँग्रेसलाई यतिखेर ठुलो धक्का लागेको छ ।वर्षौदेखि काँग्रेस पार्टीमा आस्थावान रहेका त्रिवेणी नगरपालिका १ छताराका २९ जनाले एक कार्यक्रमका वीच काँग्रेस छाडेर नेकपामा प्रवेश गरेका छन् । काँग्रेस छाडेर नेकपामा प्रवेश गर्नेमा त्रिवेणी १ का गणेश नेपाली, उत्तम नेपाली, पदम नेपाली, बाले […]
७ भदौ, काठमाडौं । लकडाउन अन्त्य भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा गरिएको छ । त्यसअनुसार १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू […]
काठमाडौं । देशभरका ९४ स्थानीय तहहरु अझै पनि पूर्ण अन्धकारमा छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार देशभरका ७ सय ५३ स्थानीय तहहरुमध्ये उक्त संख्यामा सो संख्यामा स्थानीय तहहरु विद्युत् सेवाबाट पूर्ण रुपमा वञ्चित भएका हुन् । बाँकीमध्ये २ सय ३५ स्थानीय तहमा विद्युत् सेवा उपलब्ध छ, त्यो सो क्षेत्रका सबै जनताले उपभोग गर्न पाएका छैनन् […]
बझाङः आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४३ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४४ औँ जन्म जयन्ती मनाईन लागिएको हो। कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गर्न नसकिएपनि सिहको सम्झना गर्दै जन्म जयन्ती मनाईरहेको बझाङको जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले बताईन्। दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका […]
धनगढीः अछाममा बाढी पहिरोको स्थलगत निरिक्षणमा आएको गृहमन्त्री रामबहादुर थापा बादल सहितको जम्बो टोली धानबाली मासेर गएको भन्दै आलोचना हुन थालेको छ। गृहमन्त्री थापा सहित उद्योग मन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल लगायतका नेताहरुले शोकमा डुबेको गाउँमा पुगेर धान बाली मासेर औपचारिक कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ। खेतबारीमा आयोजना गरिएको फोटो […]