होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नम्बर प्रदेश कमिटी सदस्य मानपुर चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज ट्वीटमार्फत उनले चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेका हुन् । सप्तरी, कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज निधन भएको […]
११ कात्तिक, काठमाडौं । उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए । तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् । उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा […]
दिलनिसानी मगर । खास त यसरी जोत्नु पर्छ हलो, यसरी रोप्नु पर्छ धान, यसरी काट्नुपर्छ घाँस, यसरी मस्काउन पर्छ भाँडा भनेर सिकाउनु पर्ने हो। तर आज यसरी गर्नुपर्छ नेताको चाकडी भनेर लेख्दैछु। यो कुनै जीवन उपयोगी सीप त हैन तर जीवन जिउने कलाचाहिँ पक्कै हो । नेपालको शक्ति केन्द्रसँग चाकडीको थरीथरीका नमूनाहरू ठोक्किन पुग्छन् र […]
नागरिक रैबार/बाजुरा १० कार्तिक। भिरबाट लडेर शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि नेकपा बडीमालिका ९ नम्बर वडा कमिटी अध्यक्ष राजेश पायल विकले आर्थिक सहयोग गरेका छन् । नेकपा वडा ९ नम्बर वडा कमिटीका अध्यक्ष विकले चंदाराको उपचारका लागि रु चारहजार आर्थिक सहयोग गरेका हुन् । घाईते चंदाराको घरको आर्थिक अवस्था […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दसैँ मनाउन आग्रहसमेत गरेका छन् । सुदूरपश्चिमबासीका नाममा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा […]
१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे […]
नागरिक रैबार/बाजुरा ८ कार्तिक। नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितको गाउँ खाली हुँदै नेकपामा प्रवेश गर्नेको लर्को लागेको छ । काँग्रेस सभापतिको गाउँबाट काँग्रेसकै सक्रिय कार्यकर्ताहरु पार्टी छाडेर नेकपामा प्रवेश गर्न थालेपछि पार्टी सभापति पण्डितलाई ठुलो झट्का लागेको छ । नेकपा बडीमालिका १ वडा संगठन कमिटीले गत असोज ५ गते वडामा आयोजना गरेको दोस्रो […]
८ कात्तिक, काठमाडौं । नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् । विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा आईसीयूमा राखिएको थियो । शुक्रबार उनको कोरोना […]
नागरिक रैबार । बाजुरा ८ कार्तिक । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थीत कारागारमा रहेका ४७ बढी कैदी बन्दीहरुलाई दसैँ मनाउँन बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले दुईवटा खसी उपहार दिएकी छिन् । विभिन्न परिघटनामा परि कैदीबन्दी हुन पुगेर जेल जिवन विताई रहेकाहरु दाजुभाइहरुले पनि बडादसैँमा उमङ्गित हुन् पाउँनु पर्छ । हिन्दुहरुको महान चाँडाबाडका बेला गाउँघरमा खुशीयाली […]
नागरिक रैबार कार्तिक ७ बाजुरा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाजुराका कार्यालय सदस्य नेता गगन रावलले जिल्लाको सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार रानीबन स्पोर्टस क्लबद्धारा बडा दसैँको उपलक्ष्यमा आयोजित सेवेन ए साईड खुला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीहरुलाई उत्साहित पार्दै सो कुरा बताएका हुन् । […]
आहुती विचार । सुरुवात । कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढेको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्राउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन् । नेपालका जनजातिहरूका अधिकांश पर्व पनि यसै कोटीमा रहेको पाइन्छ । दक्षिण एसियाको सिन्धु उपत्यका र गंगा मैदान कृषिका निम्ति शानदार भूमि रहिआएका छन् । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लङ्घन गरेका हुन् । गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका […]
७ कात्तिक, काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका […]
६ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ […]
६ कात्तिक, काठमाडौं । सरकारले आर्थिक व्ययभार धान्न नसकेको भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) लागेका निश्चित समूह बाहेकको निःशुल्क उपचार नगर्ने घोषणा गरेको छ । सरकार यो विषयमा संविधान, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेशकै विरुद्ध जान तयार भएको देखिन्छ । कोभिडको महामारीका बेला संसारका विभिन्न पुँजीवादी देशहरुमा राज्यले नागरिकहरुका लागि खर्च गरेका छन् […]
६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यसको […]
६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास […]
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु(याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो । यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा […]
६ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ । विहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले अनलाइनखबरसँग भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि […]
५ कात्तिक, काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् […]