होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गर्दै उनले अब मुलुक […]
काठमाडौँ — राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रतिनिधिसभाले सरकार गठन गर्न सक्छ कि सक्दैन भनेर सर्वोच्च अदालतमा ‘हिसाबकिताब’ गर्न नहुने बताएका छन् । संसदीय समिति सभापति रामनारायण बिडारी । फाइल तस्बिर । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा शुक्रबार बिडारीले सरकार गठन गर्ने र फेर्ने अधिकार संसद्को भएको भन्दै सर्वोच्च […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताए । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको […]
धनगढीः नेकपाका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार धनगढी आउने भएका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्न उनीहरु दुवै जना धनगढी आइरहेका हुन्। नेकपाले धनगढीको खुलामञ्चमा भेलाको आयोजना गरेको छ। प्रचण्ड–नेपालसहित सभालाई प्रदेश इन्चार्ज भीम रावल लगायतका अन्य नेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा […]
१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित […]
१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने […]
नागरिक रैबार/बाजुरा १५ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका नव निर्वाचित अध्यक्ष गगन रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन सत्ता नेपालमा अब धेरै दिन नटेक्ने बताएका छन् । विहिबार सदरमुकाम मार्तडीमा नेकपा बडीमालिका नगर संगठन कमिटीद्धारा आयोजित बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष रावलले भने केपी ओलीले शासन सत्ताको आडमा रहेर देश डुवाउन खोजे नेपाली […]
काठमाडौं । प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको […]
१५ माघ, बुटवल । प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएकोे बताएका छन् । ओलीको पतन हुनेमा अब कुनै शंका नभएको उनले बताए । बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताए । आफूहरुसामू ओली […]
१५ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाई भइरहेको संवैधानिक इजलासमा नेपाल कम्युनिस्ट पार्टीका सांसदले प्रधानमन्त्रीलाई कसरी दलबाट असहयोग भयो भनी प्रश्न सोधेका छन् । केही दिनअघि न्यायाधीश अनिलकुमार सिन्हाले प्रधानमन्त्रीलाई उनको दलले किन सहयोग गरेन भनी प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफ दिँदै रिट निवेदकसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले इजलासमा कहाँ असहयोग […]
१५ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो । शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले […]
पहिलो संविधानसभामा राजनीतिक दलहरूबीच सहमति नभएर संविधानसभाको कार्यकाल थप्नुपर्ने अवस्था देखिएपछि मुलुक अँध्यारो सुरुङतर्फ जाने त होइन भन्ने चर्चा चलेको थियो । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि परिवर्तन कसरी संस्थागत होला भनेर धेरैले चिन्ता गरेका थिए । संविधानसभामा रहेका राजनीतिक दल संविधानका अन्तर्वस्तुमा सहमतिमा पुग्न नसकेर दसतिर फर्किंदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले भन्थे, ‘दलहरू एक […]
काठमाडौं । नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन्। १३ वर्षदेखि पार्टी एकताका लागि आफूले पहल गरे पनि विभाजन हुन तीन वर्ष पनि नलागेको भन्दै उनले दुखेसोसमेत गरेका छन्। ‘हाम्रो पार्टीमा […]
नागरिक रैबार/बाजुरा १३ माघ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य डाक्टर भीम रावलले प्रधानमन्त्री ओलीले पार्टीको विधान विपरित काम गरेपछि पार्टीबाट हटाउन बाध्य भएको बताएका छन् । मंगलबार नेकपा बाजुराको प्रदेश निर्वाचन ‘क’ को कोल्टीमा आयोजना गरिएको विरोध सभामा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विधि र विधान अनुसार नचलि आफ्नै ढंगबाट चलेकोले […]
जिवन सेजुवाल नागरिक रैबार । माघ १३ मुगु : प्रचण्ड-माधव समूहका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई ‘अपराधको पाप पखाल्न’ पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । मुगुको गमगढीस्थित संसद विघटनविरुद्धको आन्दोलमा सम्बोधन गर्ने क्रममा नेता रावलले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै नेता […]
सर्वप्रथम केपी ‘बा’ सादर नमस्कार ! धेरै लामो समयपछि फेरि आज हजुरसँग मनका कुरा गर्दैछु। बालुवाटार आउने हजुरको निम्तो थियो, मेरो मनले त्यो निम्तो स्वीकार गर्न पटक्कै मानेन। दुखका साथ भन्नैपर्छ, यतिबेला मेरो यो मन उकुसमुकुस छ। मैले सोंचेको थिएँ, “तपाई एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपाको नेतृत्व मात्र होइन सिंगो मुलुकको शक्तिशाली […]
नागरिक रैबार बाजुरा १३ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा हुने विरोध सभालाई सम्बोधन गर्न नेकपाका स्थायी कमिटी सदस्य डाक्टर भिम रावल कोल्टीमा पुगेका छन् । विरोध सभालाई सम्बोधन गर्न नेकपा सुदूपश्चिम प्रदेशका ईन्चार्ज समेत रहेका डाक्टर रावल सहित केन्द्रिय सदस्य प्रकाश शाह, माननीय बलदेव रेग्मी, केशव विक लगायतका […]
काठमाडौं । नेकपाका दुबै समूहलाई कानूनी मान्यता नदिने निर्वाचन आयोगको आइतबारको निर्णयलाई आफ्नो जीतका रुपमा केपी ओली पक्षका नेताले विश्लेषण गरेका थिए । तर, सोमबार आयोगको पत्र पढेपछि भने ओली पक्षका नेताहरु केही निराश बने । अर्कोतिर, प्रचण्ड-माधव पक्षका नेता चाहिँ आफ्नो जीत भएको भन्दै उत्साहित देखिए । आयोगले ओलीद्वारा मनोनित करिब एक हजार केन्द्रीय सदस्यहरु र संशोधित विधानलाई […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनलाई कानूनतः पुरानै अवस्थामा फर्काइदिएको निर्वाचन आयोगले अब केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षका ५/५ जना शीर्षनेतालाई छलफलका लागि बोलाउने भएको छ । दुबै पक्षका नेताहरुलाई यसैसाता आयोगमा बोलाउन लागिएको हो । आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रै नेकपाका दुबै पक्षका उच्च नेताहरुलाई छलफलका लागि आयोगमा […]
नागरिक रैबार बाजुरा १२ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्ररचण्ड- नेपाल समूह बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुन लागेको विशाल जनसभालाई लक्षित गरेर कोल्टी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । केपि ओलीको असंबैधानिक कदमका विरुद्ध कोल्टी क्षेत्रमा पहिलोपटक हुन लागेको नेकपा प्रचण्ड–नेपाल समूहको विशाल जनसभालाई मध्येनजर गरी कोल्टी क्षेत्रमा सुरक्षा निकायका […]