होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पार्टी एकता नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए ?
समाचार

पार्टी एकता नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए ?

  • नागरिक रैबार
पार्टी एकता नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए ?

१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन् ।

बहसका क्रममा खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरे ।

 

विज्ञापन

निवेदकले ७६ (१) को सरकार भने पनि बहसका क्रममा त्यस विपरित धारणा आएको भन्दै उनले ७६(२) बमोजिमको सरकार हो भने दुई दलहरू कुन हुन् भन्ने प्रश्न गरे ।

उनलाई न्यायाधीश अनिल सिन्हाले भने पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए भनेर प्रश्न गरेका छन् । २०७५ जेठ ३ मा नेकपा एकीकरण भएको र ५ मा संसदीय दलको नेता चयन भएको भएको भन्दै उनले प्रश्न गरे, उहाँले राष्ट्रपतिलाई पठाएको मन्त्रिपरिषद निर्णय नम्बर १ मा आफू बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता भन्नुभएको छ । जुन मितिमा पार्टी एकीकरण भएकै थिएन, त्यो बेला बहुमत प्राप्त संसदीय दलको नेता कसरी हुनुभयो रु’

तर महान्यायाधिवक्ता खरेलले यो प्रश्नको जवाफ नदिई बहस अघि बढाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार