होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको […]
बाजुरा— अखिल नेपाल महिला संघ प्रचण्ड माधव -समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड- माधव समुह बाजुराले बिरोध प्रदर्शन गरेको हो । देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसंघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसंघकी नेता जानकी रोकायाले बताइन । महिला […]
काठमाडौं । सरकारद्वारा प्रतिवन्धित विप्लव समूहले सरकारसँग वार्ता र सम्वादका लागि तयार जनाएलगत्तै सरकारले गृहकार्य अघि बढाएको सरकारका एक मन्त्रीले बताएका छन् संक्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विप्लव समूहले विज्ञप्तिमार्फत वार्ताका लागि गरेको पहललाई सरकारले सकारात्मक रुपमा लिएको भन्दै बाँकी प्रक्रिया अघि बढाउन आवश्यक गृहकार्य सुरु भैसकेको प्रतिक्रिया दिए । ‘सरकारले उहाँहरुको वक्तव्यलाई सकारात्मक रुपमा […]
९ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् । ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’ मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर […]
काठमाडौं । नेकपा विभाजनको असर सिन्धुपाल्चोकका दुई पूर्वमाओवादी नेताको परिवारमा पनि परेको छ । अहिलेका खेलकुदमन्त्री, पूर्व माओवादी नेता एवम् पहिलो संविधानसभाका सदस्य दावा तामाङ र पहिलो संविधानसभा सदस्य एवम् पूर्वमाओवादीका बिग्रेड कमाण्डर राजकुमार श्रेष्ठको परिवारमा नेकपा विभाजनको असर परेको हो । तामाङ र श्रेष्ठ ओली पक्षीय नेकपामा लागेका छन् भने उनीहरुका श्रीमतीद्वय कुमारी मोक्तान […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । मुलुकमा पछिल्ला समय बिभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा […]
९ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ । जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएको हो । यसअघि गत माघ २५ को बैठकमा अविश्वासको […]
काठमाडौँ– नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ ।पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् । विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । […]
‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ’ ‘उपराष्ट्रपतिले संविधान मिचियो, प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्ने हो ?’‘सरकारविरूद्ध झगडिया हो सभामुख ? सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ ?’ मोरङ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने […]
नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचन आयोगको तयारीका लागि १२० दिनको समय कानुनले नै तोकेको छ । निर्वाचनको मिति पुस ५ मै घोषणा गरिए पनि आयोगले योबीचको समयलाई उपायेग गर्न […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ, प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि पक्ष–विपक्षर एमिकस क्युरीको भनाइ सकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबार फागुन ११ वा १२ वा अन्य जुनसुकै दिनमा पनि निर्णय आउने उल्लेख गरेका छन् […]
काठमाडौं: प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उपराष्ट्रपति र सभामुखको आलोचना गरेका ओलीले नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीमा फर्किन आग्रह गरे । शनिबार विराटनगरमा आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको […]
काठमाडौं, ८ फागुन । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कडा व्यंग्य प्रहार गर्नुभएको छ । शनिबार विराटनगरमा आयोजित विशाल सभालाई सम्बोधनका क्रममा डाक्टरले छाडेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्ने उहाँले बताउनुभयो । उहाँले प्रचण्डमाथि व्यंग्य प्रहार गर्दै भन्नुभयो, ‘प्रचण्डजीको त यति माया लाग्छ नि […]
८ फागुन, काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने […]
काठमाडौं – निर्वाचित झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारले गरेको अलोकपृय निर्णयवारे सर्वोच्च न्यायालयले १३ गते बिहिवार फैसला सुनाउने भएको छ । सरकार प्रमुख प्रधानमन्त्री र रास्ट्र प्रमुख रास्ट्रपतिले सम्विधानका धारा र अन्तर्राष्ट्रिय अभ्यासबिपरित पुस ५ गते चालेको कदमले कानूनी मान्यता पाउने या बेलगाम गतिविधिमा ब्रेक लाग्ने त्यो दिन टुंगो लाग्नेछ । दुई महिनादेखि निरन्तर सुनुवाइ […]
८ फागुन, विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताएका छन् । सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए । सर्वोच्चले गर्ने फैसलाबारे आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनस्र्थापना नहुने दाबी गरे । शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले […]
उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो […]
काठमाडौं, ८ फागुन । शुक्रबार साँझ प्रदेश नम्बर २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियार गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् । उनलाई मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् । तर, मन्त्रिपरिषदले परियारलाई पदमुक्त गर्ने सिफारिश गरेकोबारे गृहमन्त्री रामबहादुर थापा बादल नै बेखबर भएको बुझिएको छ । यसअघि नेकपाको ओली समूहले जनयुद्ध दिवस […]
काठमाडौं, ८ फागुन । आन्दोलनरत नेकपा दाहाल नेपाल पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपचारपछि भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्किदै छन् । उपचारका लागि गत माघ ३० गते दिल्ली जानु भएका खनालको साथमा उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार पनि छिन् । खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए । शरीर काँप्ने रोगबाट पीडित […]
८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।