होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको नाम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको कर्मचारी विवरणमा राखिएको पाइएको छ। मन्त्रालयको आधिकारीक वेबसाइट http://moeap.sudurpashchim.gov.np/officials मा मुख्यमन्त्री भट्टको तस्बिरसहितको नाम कर्मचारीको विवरणमा राखिएको पाइएको हो। मुख्यमन्त्री भट्टको नाम र फोटोसँगै स्वकीय सचिव, नासु तथा कार्यालय सहयोगी विवरण्ण राखिएकोे छ। तत्कालीन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले […]
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोध्न लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए । ‘सुदूरपश्चिममा पार्टी निर्णय उल्लंघन गर्ने काम भएको छ । उनीहरुलाई आजै २४ घण्टे स्पष्टिकरण सोधिन्छ’, थापाले […]
१३ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् । अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा […]
१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ […]
काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन्। बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य (दुई पदेन सदस्यसहित) ले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम समावेश छ।पछिल्ला केही दिन उनीहरु दुवै समूहतिर नखुली मौन बसेका थिए। प्रधानमन्त्रीमा शेरबहादुर […]
काठमाडौं, १२ जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावल सुदूरपश्चिमका पार्टी इञ्चार्ज समेत थिए । एमालेको सुदूरपश्चिम हेर्ने जिम्मेवारी बोकेका रावलले विगतमा एमालेलाई इतिहासकै ठूलो सफलता त्यस क्षेत्रमा दिलाएका थिए । एमालेका आन्तरिक संगठनमा पनि रावलको सुदूरपश्चिममा बलियो पकड रहँदै आयो । त्यसको प्रभाव आज देखिएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले त्रिलोचन भट्ट […]
धनगढीः सूदूरपश्चिम प्रदेशको नेकपा संसदीय दलको बैठकले सरकारबाट बाहिर नफर्किने निर्णय गरेको छ।संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो। बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रुपमा […]
१२ जेठ, विराटनगर । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा कोरोना संक्रमितका लागि दिइएको राहतको पोकोमा ‘नेकपा एमालेको तर्फबाट’ लेखिएको भेटियो । त्यसभित्र एउटा चिठी पनि समावेश छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ सुनसरीमा स्थानीय प्रशासनले राहत वितरणका […]
नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार […]
१२ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य […]
प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा उनी र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा भएको छ । जिल्लाका नौ राजनीतिक दलले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको बिरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका हुन् । एक संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभाबिहीन बनाएर अध्यादेशको भरमा राष्ट्र सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने ठहर गर्दै यस्ता […]
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक इजलासका लागि र १९ साधारण इजलासमा रिट परेको छ । ११ रिटको शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । भोलि बिहीबार १९ रिटको एकल इजलासमा […]
सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ। यसरी […]
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई कारबाही गरेको छ। उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको हो। स्थायी कमिटीको सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो। बैठकले शनिबार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई […]
११ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो […]
११ जेठ, धनगढी । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले समसामयिक विषयमा छलफल गर्न भनेर बोलाएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । शाह आफैंले माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई टेलिफोन गरेर […]
चक्रबहादुर अयडी/बाजुरा ११ जेठ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले कोरोना भाईरस संक्रमित नगरबासीलाई थप उपचारका लागि अन्यत्र लिन नगरपालिकाले एम्बुलेन्स सरह निजि गाडीहरु भाडामा लिने गरी तयारी गरेको बताएका छन् । नेपाल प्रेस यूनियन जिल्ला शाखा बाजुराको आयोजनामा मंगलबार आयोजना गरिएको कोभिड १९ को अवस्था र न्यूनिकरणमा हाम्रो भुमिका विषयक जुम मिटिङ अन्तरक्रिया कार्यक्रममा […]
११ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उनले बताएका छन् । हेर्नुहोसे नेता नेपालको अपिल कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टी एक हुन्, […]
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिन्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गरेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए । उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका […]
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले कुनै एक दलले मात्र नभई शासन सत्तामा जाने राजनीतिक दलले आफ्ना सत्ता स्वार्थका लागि देशको नागरिकतालाई सस्तो बनाएको उल्लेख गरे । २०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधान बनाउने क्रममा आफूले कांग्रेस सभापति […]