होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ वैशाख, काठमाडौं । जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नामसमेत २०६२/६३ को जनआन्दोलनलाई दिने गरिएको छ । वसन्त ऋतुमा जनताले […]
१० वैशाख, काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेका बामदेव गौतमले आफू अहिले पनि एमालेको उपाध्यक्ष भएको बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकबाट गौतमलाई स्थायी कमिटी सदस्य चयन गरिएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी स्थायी कमिटी सदस्य चयनको निर्णय गरेको गौतमले निकट नेताहरुलाई बताएका […]
१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिले माधव नेपाल पक्षलाई समानान्तर गतिविधि छोडेर मूल प्रवाहमा फर्किन पुनः आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकका निर्णय सुनाउँदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘समानान्तर गतिविधि गरिरहेका साथीहरुलाई ती गतिविधिहरु रोक्न, पार्टी एकतामा योगदान गर्न र पार्टीको मूल प्रवाहमा फर्किन […]
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताएका हुन् । ‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’ उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । बुधबारको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकबाट नयाँ सरकार गठनका लागि परिस्थिति अनुकुल बन्दै गएको निष्कर्ष निकालेको काँग्रेसले आफ्ना सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनेको छ । विशेष गरी काठमाडौं उपत्यका बाहिर भएका सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनिएको हो । […]
काठमाडौं। नेपाल कृषि प्रधान देश हो। नेपालमा अहिले पनि करिब दुईतिहाई जनसंख्या कृषि पेशामा निर्भर छन्। यसरी हेर्दा कृषि क्षेत्र देशको मेरुदण्ड नै मान्नुपर्छ। तर, देशमा जम्मा ३४ प्रतिशत मात्र कुल उत्पादन हुन्छ भने बाँकी अन्य देशको भर पर्नु पर्ने बाध्यता छ। नेपालमा करिब ८० प्रतिशत नागरिक ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ। […]
१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । […]
बालुवाटारमा जारी दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर […]
काठमाडौँ — एमाले नेता वामदेव गौतमले गत फागुन २८ को निर्णय नसच्याएसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने प्रस्ट्याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुकी भएको डिनर मिटिङमा पनि आफूले ओलीलाई सोही कुरा बताएको उनले जनाएका छन् । गौतमले विज्ञप्तिमा उल्लेख गरेअनुसार बेलुकी ८ बजे भएको डिनर मिटिङमा ओलीले उनलाई पार्टी […]
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीमा हेरफेर गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको स्थायी कमिटिमा हेरफेर गरेको हो । अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् : एमाले स्थायी कमिटी १. केपी शर्मा ओली २. वामदेव गौतम ३. ईश्वर पोखरेल […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको आफ्नो महत्वाकांक्षा र स्वार्थका कारण पार्टी विभाजन हुन पुगेको बताएका छन् । आज बालुवाटारमा जारी पार्टीको महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले निकै दुःखका साथ एकीकृत गरिएको पार्टी प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको आरोप लगाएका हुन् । बैठकमा बोल्दै अध्यक्ष […]
१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भभव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालहरू एकताबद्ध बनाउन कुनै पहल नगरेको बताए । ‘मेरो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन […]
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि पुगेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेको नेपालले ओलीसँग बिहीबार भएको वार्ताका क्रममा आफूलाई धरहरा देखाउँदै दम्भ प्रदर्शन गरेको व्यङ्ग्यसमेत गरे । ‘प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराभन्दा माथि भर्याङ उक्लेर चढेको छ,’ उनले भने, ‘उहाँ हिजो […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितले आफनो जन्मदिनको अवसरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरेका छन् । जन्मदिनको अवसरमा शुक्रबार विहान कारागारमै पुगेर सभापति पण्डितले कैदीबन्दीहरुलाई फलफुल वितरण गरेका हुन् । बडीमालिका नगरपालिका १ निवासी पण्डितले जन्म दिनको अवसरमा अन्य फजुल खर्च कटाएर कारागार बाजुराका कैदीहरुलाई फलफुल वितरण गरेका […]
काठमाडौँ — शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ५ अर्ब ६ करोड रुपैयाँ बजेट विद्यालयका खुद्रे कार्यक्रममा सक्ने योजना तय गरेको छ । उक्त बजेट आर्थिक वर्षको अन्तिममा देशभरका ४ हजार २ सय ५० विद्यालयमा खर्च गर्न लागिएको हो । ५ अर्ब ६ करोड रुपैयाँ ४ हजारभन्दा बढी विद्यालयलाई बाँड्दा एउटा विद्यालयको भागमा करिब १२ लाख पर्न […]
जनकपुर — नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिस्ट आन्दोलन धरापमा परेको बताए । ‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल […]
काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । आजको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् । गत वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने […]
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको छ । शुक्रबार (आज) बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमालेको माधव नेपाल समूहले बाजुरामा १ सय १ जनाको जिल्ला कमिटी बनाएको छ । एमालेको उक्त समूहले पार्टी स्थापना दिवसको अवसर पारेर सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकबाट बाजुरामा एमालेको १ सय १ जनाको जिल्ला कमिटी बनाएको हो । त्यस्तै प्रथम विस्तारित बैठकले ११ जनाको सल्लाहकार समिति समेत गठन […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराको ओली पक्षले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीहरुलाई फलफुल र मास्क बाँडेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा उक्त पक्षले विरामीलाई फलफुल र मास्क बाँडेको हो । विहिबार पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले ओली पक्षका नेता जनक बोहराको नेतृत्वमा अस्पतालमा […]