होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम एमाले संसदीय दलका प्रमुख सचेतक परिवर्तन
समाचार

सुदूरपश्चिम एमाले संसदीय दलका प्रमुख सचेतक परिवर्तन

  • नागरिक रैबार
सुदूरपश्चिम एमाले संसदीय दलका प्रमुख सचेतक परिवर्तन

धनगढी — नेकपाभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच रस्साकस्सी चलिरहेका बेला दलको सुदूरपश्चिम संसदीय दलले प्रमुख सचेतक फेरबदल गरेको छ । यसअघि प्रमुख सचेतक रहेका तारा लामा तामाङलाई पदमुक्त गरेर शुक्रबार लालबहादुर खड्कालाई प्रमुख सचेतक नियुक्त गरिएको छ ।

नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्का (बायाँ) र जिम्मेवारीमुक्त गरिएका सुदूरपश्चिम एमालेका प्रमुख सचेतक तारा लामा तामाङ ।दलका नेता प्रकाशबहादुर शाहले सभामुखलाई पत्राचार गर्दै यसअघि जिम्मेवारीमा रहेका तामाङलाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले पदबाट मुक्त गरिएको उल्लेख गरेका छन् । उनको ठाउँमा कञ्चनपुरकै लालबहादुर खड्कालाई प्रमुख सचेतक नियुक्त गरिएको पत्रमा उल्लेख छ । सचेतक पदमा दुर्गा कुमारी कामीलाई नियुक्त गरिएको छ । सचेतक पद यसअघि रिक्त थियो ।

बिहीबार बसेको संसदीय दलको बैठकले नियुक्तिको सबै अधिकार दलका नेता शाहलाई दिएको थियो । आन्तरिक मामिला ताथ कानुन मन्त्रीसमेत रहेका शाह वरिष्ठ नेता नेपाल पक्षधर हुन् ।प्रदेशमा मन्त्रिपरिषद् विस्तार तथा हेरफेरको तयारीसमेत चलेको छ । शुक्रबार नै केही मन्त्री थप्ने मुख्यमन्त्रीको तयारी भए पनि अपरान्हसम्म कसैलाई नियुक्त गरिएको छैन । अहिले एमालेबाट प्रकाशबहादुर शाह, माया भट्ट र कृष्णराज सुवेदी मन्त्री छन् ।

विज्ञापन

सोमबार एमाले स्थायी कमिटिले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिइएको समर्थन फिर्ता लिनुका साथै सरकारमा सहभागी एमालेका तीन जनालाई फिर्ता हुन निर्देशन दिएपछि सुदूरपश्चिमको राजनीति तरंगित छ । बिहीबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने र सरकारबाट पनि फिर्ता नहुने सर्वसम्मत निर्णय गरेको थियो । बिहीबार नै एमालेका तीनजना मन्त्रीले प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिएका छन् । कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार