होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए। जिल्ला प्रहरी कार्यालयको […]
आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ? चासो बढेको छ । आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित […]
१८ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट नेताहरुले आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शनिबार अवसरमा शुभकामना दिंदै गौतमले आफूबाट भएको गल्ती र कमजोरीप्रति पनि आत्मालोचना गरेका छन् । ‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति […]
नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ । उनले कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको पनि बताए । सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाई छ । सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान […]
संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलभित्र आन्तरिक किचलो र ‘कचिङ्गल’ बढेको छ । संसदको पहिलो ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो नेपाली काँग्रेस र चौथो ठूलो जनता समाजवादी पार्टीभित्र सत्ता राजनीतिको संघर्ष उत्कर्षमा पुगेपछि कचिङ्गल बढेको हो । सत्ता, शक्ति र पदका लागि आफैंभित्र रुमल्लिएका दलहरु मुलुकको राष्ट्रिय समस्यालाई बेवास्ता गर्दै निहित स्वार्थ पूरा […]
१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए ।
१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । […]
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् । कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्न माग गरेका हुन् । स्वास्थ्य संस्थाहरुलाई समेत प्रयोग गरेर कीर्ते गरिएको भन्दै उनले भने, ‘सांसद ठूलो […]
नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस गरेको हो । गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेर […]
काठमाडौँ — दुई फरक धारका कारण सत्ता गठबन्धनमा अप्ठ्यारो पर्ने देखिएपछि कांग्रेस र माओवादी केन्द्रले एमसीसीसँगको अनुदान सम्झौताका सन्दर्भमा मध्यमार्गी उपाय खोजेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका दलहरूले त्यसपछि संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति जुटाएका हुन् । यसअघि देउवाको नेतृत्वमा सरकार भएका बेला […]
काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री ओली र उनका गुटका मान्छेलाई सरकारी निर्णय लाग्दैन भन्दै प्रश्न गरेका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् लेख्दै रावलले कोरोनाबाट जोखिम अरुलाई भेला बैठक, समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री र उनी निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने भन्दै प्रश्न उठाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री ओली गुटलाई […]
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शालीन र बौद्धिक व्यक्तित्व मनमोहन अधिकारीले जीवनभर सादा जीवन र उच्च विचार अंगिकार गरेको स्मरण गरेका छन् । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १ औं स्मृति दिवसको अवसरमा उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीमा त्यस्तो गुण नभएको आरोप लगाएका छन् । नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई एमाले […]
काठमाडौंमा आयोजित आमसभामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘धरहरा र रानीपोखरी केपी ओलीले बनाएको होइन’ भन्दै भाषण गरेपछि सामाजिक सञ्जालमा ट्रोल बन्यो । टिकटकमा मानिसले रमाइलो गरे । संसद विघटनविरोधी आन्दोलनमा भाषण गर्दा एमाले बरिष्ठ नेता खनालले धरहरा र रानीपोखरीबारे दिएको प्रतिक्रिया यस्तो थियो – ‘के केपी ओलीले रानीपोखरी बनाको हो ? त्यो त कालीगढहरुले बनाए नि […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट अध्यक्ष थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोना अनियन्त्रित र विकराल बन्दै गएकोले यसबारे सरकारले गरेको प्रयास र योजनाबारे आफूले सुन्न […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण बढिरहेको भन्दै पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन दिएका छन् । आइतबारको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खटिन पार्टीपंक्तिलाई निर्देशन दिएका हुन् । बैठकपछि पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित ४ जना नेताको रिटको आइतबार सुनुवाइ हुने सूचीमा छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेशी तोकिएको हो । बिहीबार वारेस तिलक बहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीम बहादुर […]
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो । ६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य […]
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको छैन ।
११ वैशाख, काठमाडौं । जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नामसमेत २०६२/६३ को जनआन्दोलनलाई दिने गरिएको छ । वसन्त ऋतुमा जनताले […]