होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १७ जेठ नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुष्पकमल दाहलको पुतला जलाएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भाेटे र राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मिलनजंग अयडीकाे नेतृत्वमा युवा र विद्यार्थीहरूले सदरमुकाममा आज राष्ट्रपति पाैडेल र […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराकाे गौमुल गाउँपालिका–६ टुनीमा एक घरमा आगलागी भएको छ । आज विहान विद्युतको तार सट भएर गाैमुल ६ का स्थानीय गोरे विक र उज्वल विकको घरमा आगलागी हुदा तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युतको तार सट भएर घरमा आगलागी हुँदा ३ तले पत्थरले […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
नागरिक रैबार/बाजुरा १५ जेठ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ रावलवाडाका ५५ वर्षका परे रावल एक हप्ता देखि सम्पर्क विहिन बनेका छन् । परिवारका अनुसार रावल यही जेठ ७ गते आईतबार विहान ६ बजे आफ्नै घरबाट हिँडेको र एकहप्तासम्म घरको सम्पर्कमा नआएको उनका छोरा विरेन्द्र रावलले बताएका छन् । सम्पर्क विहिन बनेका परे रावलको माथि कालो […]
नागरिक रैबार/बाजुरा १४ जेठ।जिल्ला अस्पताल बाजुराले जटिल प्रकारका हार्डजोर्नी सम्वन्धि समस्या भएका विरामीहरुको जिल्लामै सफल सल्यक्रिया गर्न थालेको छ । जिल्ला अस्पताल बाजुराले बिगत ३ महिना देखि हाडजोर्नी तथा नसारोग बिषशेज्ञ डाक्टर रोशन भट्टराईलाई नियुक्त गरेर उक्त समस्या भएका विरामीहरको सफल सल्यक्रिया गर्न थालेको हो । जिल्ला अस्पताल बाजुरामा हाडजोर्नि तथा नसारोग विशेषज्ञ डाक्टर भट्टराईलाई […]
नागरिक रैबार/बाजुरा १३ जेठ।नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ । युनियनको ३२ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत रहेका विरामीहरुको स्वास्थ्य लाभको कामनासहित उनिहरुलाई फलफुल वितरण गरेर दिवस मनाइएको प्रेस युनियन जिल्ला अध्यक्ष प्रेम रौलेले बताएका छन । दिवसको अवसरमा […]
नागरिक रैबार/बाजुरा १२ जेठ।बाजुराको बडीमालिका नगरपालिका २ को भौनेरा, ९ को अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएका छन् । सडक निर्माण भएर यातायात संचालनमा आएका भएपनि वर्षातको समयमा यी खोलाहरुमा पक्की पुल नहुँदा यातायात सेवा बन्द हुने गरेको थियो । यी ३ वटै खोलामा बेलिब्रिज निर्माण हुने भएपछि सदरमुकाम मार्तडीसम्म […]
नागरिक रैबार/बाजुरा १२ जेठ। गरिव र दिन दुखीहरुका लागि काठमाडौमा रहेको हामी छौ हजुरको साथमा संस्थाले निशुल्क खाना खुवाउने काम गरिरहेको छ । विभिन्न ठाउँबाट देशको राजधानी काठमाडौमा आएर अलपत्र परेका गरिव, बिपन्न र आर्थिक अभाबमा रहेका ब्यक्तिलाई हामी छौं हजुरको साथमा संस्थाले १ बर्ष देखि निशुल्क खाना खुवाई रहेको संस्थाका अध्यक्ष दिनेश परियारले वताएका […]
नागरिक रैबार/बाजुरा ११ जेठ।बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले निर्वाचनका बेला जनतासंग गरेका बाचाहरु पुरा गर्न लागि परेको बताएका छन् । बुढीनन्दा नगरपालिकाको आयोजनामा पहिलो वर्षको समिक्षा कार्यक्रममा बोल्दै मेयर बोहराले चुनावताका बेला गाउँगाउँमा जाँदा गरेका बाचा अनुसारका कामहरु नगर सरकारले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताएका छन् । उनले बुढीनन्दा नगरपालिकामा पहिलो वर्ष स्वास्थ्य, […]
नागरिक रैबार/बाजुरा ११ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाले नयाँ जनप्रतिनिधी आएको एक वर्षको उपलव्धीको सार्वजनिक समीक्षा कार्यक्रम गरेको छ । दोस्रो पटकका लागि निर्वाचित भएर आएको स्थानीय सरकारले एक वर्षमा गरेका उपलव्धी र आगामी आर्थिक वर्ष ०८०/०८१ को नतिी तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको सुझाव सहितको समीक्षा गरेको हो । एक वर्षका कार्यकालको उपलव्धीको सार्वजनिक सुनुवाई गर्नुका […]
नागरिक रैबार। जिल्लाको बुढीनन्दा नगरपालिका सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको हो । नगरपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।अन्तरक्रिया कार्यक्रमकोे राष्ट्रिय सूचना आयोगका सूचना […]
नागरिक रैबार/बाजुरा ९ जेठ।एमाले निकट युवा र विद्यार्थीहरुले बाजुरा जिल्लाको समग्र विकासमा सवैसंग सहकार्य गर्ने बताएका छन् । अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले मंगलबार विहान एक विज्ञप्ति जारी गर्दै बाजुरामा भ्रष्टाचार र विकास विरोधी कुनै पनि कार्यमा हाम्रो सहकार्य र सम्झौता नहुने उल्लेख गरेको छ । जेठ २ गते जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुखलाई […]
नागरिक रैबार/बाजुरा ९ जेठ। नेपाल बार एशोसिएसन बाजुरा जिल्ला शाखाको अध्यक्षमा अधिवक्ता पुरबहादुर रावत चयन भएका छन् । त्यस्तै उपाध्यक्ष अधिवक्ता सुक थापा, सचिव पदमा अधिवक्ता हर्क खडायत र काेषाध्यक्ष पदमा अधिवक्ता भीम केसी चयन भएका हुन् ।
नागरिक रैबार/बाजुरा ८ जेठ। बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले केही दिन अगाडि आफु र नगरपालिकालाई जाेडेर सामाजिक संजालमा आर्थिक चलखेल गरेकाे पत्र निराधार भएको बताएका छन् । सोमबार बडिमालिका नगरपालिकाले गरेकाे पत्रकार सम्मेलनमा नगर प्रमुख खड्काले यस्तो बताएका हुन । नगर प्रमुख खड्काले भने सामाजिक सञ्जालमा फैलाइएको कपोकल्पित भ्रमका पछाडी नलाग्न नगरबासीलाई आग्रह गरेका छन् […]
नागरिक रैबार/बाजुरा ७ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ९ मा स्थापना भएको समाज सुधार युवा क्लवले पुस्तकालय संचालनमा ल्याएको छ । समाज सेवा र सामाजिक रुपान्तरणमा लागि परेको क्लबले युवा पुस्ताको ज्ञान सीप र क्षमता विकासमा योगदान गर्न पुस्तकालय सञ्चालन गरेको क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन् । क्लबकै स्वामित्व रहने गरी पुस्तकालय स्थापना गरिएको हाे […]
नागरिक रैबार बाजुरा ६ जेठ । जिल्लाकाे जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीकाे असामयिक मृत्युु भएकाे छ । उपाध्यक्ष गिरीकाे घरमै एकाएक मस्तिष्कघात भएपछि उनी घरमै लडेर घाईते भएकाे र उपचारका लागी धनगढी लैजाँदै गर्दा बिच डाेटीकाे साझघाट नजिकै मृत्यु भएकाे गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । जगन्नाथ गापालिका १ घर भएकी ५५ वर्षिया […]
नागरिक रैबार। बडीमालिका नगरपालिका ७ ले सेवा क्षेत्र भित्रका स्थानीय कृषि उत्पादन तथा हस्तकलाको प्रर्दशनी गरेको छ । वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको एक कार्यक्रमको आयोजना गरेर प्रर्दशनी गरेको हो । स्थानीय रैथाने बालिको प्रर्वद्धन गरि उत्पादन बढाऔ, पौष्टिक आहार खाउँ र रैथाने बाली क्षेत्र विस्तार गरि आम्दानी बढाऔ […]
नागरिक रैबार/बाजुरा ४ जेठ। सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम स्वामीकार्तिक खापर गाउँपालिकामा सम्पन्न भएकाे छ । स्वामीकार्तिक गाउँपालिकाकाे आयाेजना र राष्ट्रिय सूचना आयाेग काठमाडौकाे समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम स्वामीकार्तिक खापर गाउँपालिकामा सम्पन्न भएकाे हाे । जनताले हरेक गाउँपालिकामा हुने हरेक गतिविधि र सार्वजनिक चासाेका सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना […]
मदन विक/बाजुरा ४ जेठ। बाजुराकाे विकट ठाउँमा रहेकाे स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यन्न विक्रि केन्द्र स्थापना गरिएकाे छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनिकाे सहयाेगमा स्वामीकार्तिक खापर गाउँपालिकाकाे केन्द्र सुईजिउलामा खाद्यान्न विक्री केन्द्र स्थापना गरिएकाे हाे । खाद्यान्न विक्री केन्द्रकाे एक कार्यक्रमका विच राष्ट्रिय सूचना आयाेगका सूचना आयुक्त कमला ओलीले सर्वसाधारणलाई चामल हस्तान्तरण गरेर उद्घाटन गरेकी […]
नागरिक रैबार/बाजुरा ३ जेठ। जगन्नाथ गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जगन्नाथ गाउँपालिकाकाे आयाेजना र राष्ट्रिय सूचना आयाेग काठमाडौकाे सहयाेगमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । गाउँपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । अन्तरक्रियाकाे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला […]