होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ । सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो । आसपासको […]
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यस्तै बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । जसको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका […]
रोल्पा । रोल्पामा शुक्रबार राति जीप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै फेला परेका छैनन् । रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दुर्घटनामा चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामा बेपत्ता भएका छन् । शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा ७ च ५००२ नम्बरको जिप […]
काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि नेकपा एमालेले गठन गरेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन भएको छ। आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । त्यस्तै बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ । २६ साउनमा […]
काठमाडौं । प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ । डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, […]
डोटी: डोटीमा पत्रकारमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ परेका छन्। समाचारको विषयलाई लिएर फोनबाट पत्रकारलाई गालिगलौज गर्ने आदर्श गाउँपालिका– ५ का धर्म रोकायालाई शनिबार जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको हो। रोकायाले शिखर समाचार डटकमले काठ बरामद सम्बन्धी दुई वर्षअघि प्रकाशन गरेको समाचारको विषयलाई लिएर सो अनलाइनका सम्पादक पवन महरालाई शुक्रबार राती फोन गरेर गालिगलौज […]
धनगढी: बैतडीको सुर्नया गाउँपालिकाका सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थीले मोबाइल लैजान नपाउने भएका छन्। गाउँपालिकाले एक सूचना जारी गर्दै विद्यालयमा मोबाइल लैजान र प्रयोग गर्न नपाइने जनाएको हो। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुले विद्यालय समयभित्र फेसबुक चलाएका गुनासा बढेकाले मोबाइल प्रयोगमा निषेध गर्न सम्बन्धित सबै विद्यालयलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले […]
कञ्चनपुर: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन्। नेकपा एकीकृत समाजवादी छाडेर फर्कने नेतालाई पार्टीमा स्वागत गर्न उनी यही भदौ १५ गते कञ्चनपुर आउन लागेका हुन्। ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताए। सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश […]
काठमाडौँ — देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला […]
काठमाडौं । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ ।बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले अध्यक्ष ओलीकै अध्यक्षतामा निर्वाचन कमिटी बनाएको छ । बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) […]
काठमाडौं : एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो। ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं […]
काठमाडौं । एर्लिङ हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेपछि प्रिमयर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४-२ ले पराजित गरेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटी आधा घण्टामै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो । जहाँ हालान्डले २० मिनेटभित्रै ह्याट्रिक गरे । एतिहाड […]
काठमाडौं । मौसम बदली भएको छ ।आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै […]
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदै छ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा […]
पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ । थारू अगुवा सीता चौधरीका […]
विराटनगर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमा आवश्यक परिमाण माग नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै वैशाख अन्तिममा यसको निकासीमा रोक लगाएको थियो । परिस्थितिअनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग आवश्यक परिमाण मागेको थियो […]
काठमाडौँ — निर्वाचन आयोगले निर्वाचनमा खटिने पदाधिकारी तथा कर्मचारीको भत्ता मनोमानी ढंगले हेरफेर गरेको छ । निर्वाचन गराउन प्रत्यक्ष सरोकार नै नभएका कर्मचारीलाई समेत भत्ता, खाजा–खाना र सञ्चार सुविधा खर्च दिने व्यवस्था गरेर आयोगले कार्यविधि ल्याएको हो । मतदान केन्द्रमा लाइन व्यवस्थापन र मतदाताको नामावली रुजु गर्न खटिने स्वयंसेवकको भत्ता भने कटौती गरिएको छ । आयोगले मुख्य निर्वाचन […]
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी सरोकारवाल निकायसंग अन्र्तक्रिया गरिएको छ । बुढीगंगा नगरपालिकाको समन्वय पीसविन नेपालको आयोजना र भीएसओ, यूएनएफपीए, सीएमसीको साझेदारीमा लैङ्गिक हिंसा निवारण कोषबारेमा नगरपालिकाका जनप्रतिनिधि र सम्बन्धी निकायासंग छलफल गरिएको हो । परियोजनासंग सम्बन्धित अधिकारवाल, सरोकारवाला निकायलाई परियोजना अन्र्तगत लैङ्गिक हिंसा निवारण कोष बारेमा जानकारी, लैङ्गिक हिंसा […]
गमगढी । मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँको खुल्ला मञ्चमा गरेको सो पार्टीको सभामा बोल्दै लामिछानेले एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका हुन् । उनले बाहरूले आफूलाई राजनीतिक सिक्न […]