होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नाडीको शोभा घडी : लाखौं खर्चिन्छन् नेपाली पनि
समाचार

नाडीको शोभा घडी : लाखौं खर्चिन्छन् नेपाली पनि

  • नागरिक रैबार
नाडीको शोभा घडी : लाखौं खर्चिन्छन् नेपाली पनि

काठमाडौं । ‘कति बज्यो होला ?’

जवाफमा मान्छेहरु नाडीमा बाँधिएका घडी हेर्थे र समय बताइदिन्थे । समय सूचकको एउटै मात्र प्राविधिक माध्यम थियो घडी । घडीको काँटा झैं समयसीमामा आफ्नो दैनिकी गुजार्नेहरुका लागि घडी एक सर्वोत्तम विकल्प थियो ।

तर आजभोलि त ‘कति बज्यो’ भन्ने प्रश्न नै गायब भएको छ । किनभने समयको जनाउ दिने अनेक उपकरण मान्छेको साथमा छ । अर्कोतर्फ यन्त्रवत् दिनचर्याले मान्छेलाई यसरी अभ्यस्त बनाइदिएको छ कि अब घण्टा-घण्टामा समय हेरिरनुपर्ने जरुरत छैन ।

विज्ञापन

समय कहाँदेखि कहाँ पुगिसक्यो, तर मान्छेको नाडीलाई घडीले छाडेको छैन । वर्षौंदेखि यो नाडीको शोभा बनेर बाँधिएको छ ।

हिजो समयको जनाउ दिने घडी आज मान्छेको व्यक्तित्वको हिस्सा बनेको छ । त्यसैले त मान्छेहरु चिरिच्याट्ट पहिरनसँगै नाडीमा घडी बाँध्न भुल्दैनन् ।

नेपाली बजारमा थरीथरीका घडी

बजारमा विभिन्न ब्रान्डका सस्तोदेखि लाखौं मूल्य पर्ने महंगो घडी उपलब्ध छन् । विश्वचर्चित व्यक्तित्वले विश्वविख्यात ब्राण्ड प्रयोग गर्छन् । घडीमा महंगो ब्राण्ड प्रयोग गर्नेमा धनाढ्यदेखि सेलिब्रिटी, खेलाडी लगायत पर्छन् । उनीहरु लाखौं मात्रै होइन, करोडौं मूल्यका समेत ब्रान्डेड घडी प्रयोग गर्छन् ।

नेपालमा महंगा तथा ब्रान्डेड घडी पाउने स्थान हो दरबारमार्ग । दरबारमार्गमा विश्वचर्चित स्वीस ब्राण्ड रोलेक्सदेखि सिको, राडो, ओमेगा, टिटान, टाइमेक्स, टिसोट, ब्ल्याकपेन, क्यासिओ तथा चेपार्ड जस्ता ब्राण्डका घडी उपलब्ध छन् ।

सस्तो होस् वा महंगो, घडीको काम समय बताउने हो । तर घडी अहिले समय, सुन्दरता भन्दा धेरै विलासिता र व्यक्तिको प्रतिष्ठासँग जोडिंदै गएको छ । जसले यसको प्रयोगमा व्यापकता ल्याएको छ ।

महंगा घडी विदेशी ब्राण्डका मात्रै छैनन् । नेपाली ब्राण्डका घडीको मूल्य समेत लाखौं पर्छ । दुई लाखदेखि १७ लाख रुपैयाँसम्मका घडी नेपालमै उत्पादन हुन्छन् ।
मेड इन नेपाल

महंगा घडी विदेशी ब्राण्डका मात्रै छैनन् । नेपाली ब्राण्डका घडीको मूल्य समेत लाखौं पर्छ । दुई लाखदेखि १७ लाख रुपैयाँसम्मका घडी नेपालमै उत्पादन हुन्छन् । काठमाडौंमा रहेको कोबोल्डवाच कम्पनीले उत्पादन गरेको कोबोल्ड हिमाल घडीको मुख्यालय अमेरिकामा छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चट्टानलाई यो घडीको डायलमा राखिएको छ । जति पनि चिसो र व्यग्र हावाको बेग थाम्न सक्ने र रगड्दा पनि नबिग्रिनु यसको विशेषता हो । साथै नेपालमा ओखर घडी समेत उत्पादन भएको छ । ओखरबाट निर्माण गरिएको यो घडीको बजार मूल्य करिब ५ हजार रुपैयाँ पर्छ । यो उपहारका लागि खास प्रयोग गरिने नेपाली ब्राण्डको घडी हो ।

करोडौंको घडी

रोलेक्स ब्राण्डका घडीको मूल्य ६ लाख ५२ हजारदेखि सुरु भएर १ करोड ७० लाख रुपैयाँ बढी पर्छ । दरबारमार्गमा रहेको स्वीस टाइम प्यालेसका अंकुर जति नै प्रविधि र समयसूचकका अन्य संयन्त्र आए पनि घडीको महत्व नघटेको बताउँछन् ।

‘घडी समयसँग मात्रै सीमित छैन, मानिसको सौख, रहर र प्रतिष्ठासँग जोडिंदै गएको छ,’ उनी भन्छन्, ‘घडी हातको गहना हो । यसले मान्छेको व्यक्तित्व समेत झल्काउँछ ।’ उनका अनुसार उनीसँग विभिन्न ब्राण्डका ३० हजारदेखि एक लाख रुपैयाँ पर्ने ब्राण्डेड घडी छन् । उनले स्वीस ब्राण्ड बालमेनलाई बढी प्राथमिकता दिइरहेका छन् । बालमेनको नेपाली बजार मूल्य एक लाख रुपैयाँसम्म पर्छ ।

त्यस्तै दरबारमार्गमा रहेको आवर ग्लासकी कर्मचारीका अनुसार यहाँ अरमानी, माइकल कोर्स, कौशल, स्कागेन, क्यासिओ तथा अन्य ब्राण्डका घडी पाइन्छन् । ग्राहकले आफ्नो रुचि र क्रय क्षमता अनुसारका ब्राण्डेड घडी किन्ने गरेको उनको भनाइ छ । आवर ग्लासमा १० हजारदेखि सुरु भएर ८७ हजार रुपैयाँ बढीका घडी उपलब्ध छन् ।

अरमानी ब्राण्डका घडी ब्राण्ड अनुसार २५ हजारदेखि ६० हजार, माइकल कोर्सको १५ हजारदेखि ४५ हजार, कौशल ११ हजारदेखि ४० हजार, स्कागेन १० हजारदेखि ३० हजार र क्यासिओ ब्राण्डका घडी २ हजारदेखि सुरु भएर ८७ हजार रुपैयाँसम्मका ब्राण्ड उपलब्ध छन् ।

उनका अनुसार घडी समय हेर्नलाई मात्रै नभई फेसन र प्रतिष्ठाका लागि पहिरिने सामग्री हो । ‘बजारमा समय हेर्नका लागि सबैको हातमा मोबाइल हुने भए पनि अधिकांशले नाडीमा घडी बाँध्छन् । यसले घडीको लोकप्रियता र महत्व घटेको छैन भन्ने हो,’ उनी भन्छिन् ।

त्यस्तै ट्रान्जिट स्टोरकी अर्की घडी व्यापारी दीपा प्रधान घडीले व्यक्तिको नाडीको सुन्दरता बढाउनुका साथै आकर्षण बढाउने र व्यक्तित्व निखार्ने हुँदा घडीको प्रचलनमा कमी नआएको बताउँछिन् । उनी ग्याप कम्पनीका विभिन्न ब्राण्डका घडी बिक्री गर्छिन् । उनको पसलमा ५ हजारदेखि ८ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका घडी उपलब्ध छन् ।

घडी क्लब मास्टर होमकी उषा लिम्बूका अनुसार उनले जापानी ब्राण्ड गेसका साथै अन्य ब्राण्डका घडी बिक्री वितरण गरिरहेकी छन् । तर घडीको बिक्रीमा मोबाइल तथा अन्य प्रविधिले कुनै असर गरेको छैन । अर्थात् घडीको व्यापारमा कुनै असर परेको छैन ।

घडी क्लब मास्टर होममा उपलब्ध घडीको मूल्य १० हजारदेखि १ लाखसम्म रहेको लिम्बूले बताइन् । जापानी कम्पनी गेस २५ हजारबाट सुरु भएर ५० हजारसम्म, माइकल कोर्ष २० हजारदेखि ५० हजार, सिको ३३ हजारदेखि सुरु भएर १ लाख नेपाली रुपैयाँसम्म पर्छ । लिम्बूले अहिले आफूसँग मध्यम मूल्यका घडी भएको बताइन् ।

घडीलाई अहिले फेसन र सौखसँग जोडेर हेरिने भएकाले घडीका ग्राहक बढ्दै गएको उनी बताउँछिन् । अहिले न्यून आय भएका सर्वसाधारणको आकर्षण स्मार्ट घडीतर्फ गइरहेको छ । जसको मूल्य दुई हजारदेखि सुरु भएर ४० हजार रुपैयाँसम्म पर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार