होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका छन् । यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल […]
सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि […]
यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई […]
काठमाडौं– आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागि गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकता भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मेलनबीच दुवै पार्टीबीच एकताको घोषणा गरिएको हो । घोषणा सभामा एमालेका पार्टी उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल […]
नागरिक रैबार/बाजुरा २० भदौ।नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) मा एमालेबाट ५ जना सिफारिस भएका छन् । नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) को पहिलो पूर्ण बैठकले नेता सहदेव बोगटी, बलदेव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही सिफारिस भएका हुन् । प्रदेश निर्वाचन क्षेत्र (क) मा हिजो बसेको एमालेको पहिलो पूर्ण बैठकले पाँच […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् । राप्रपा बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले) राप्रपासँग नजिक भएको बताए । उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ४.२९ अंक (०.२२ प्रतिशत) ले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट […]
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न […]
मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्। संघ र प्रदेश सभाका लागि उम्मेदवारी छनोट गर्न नेताहरु जिल्ला केन्द्रीत बनेका हुन्। एमालेका पाँचै जिल्ला केन्द्रीय सदस्य अन्य जिल्ला तहका शिर्ष नेताहरु बाजुरा आइसकेका छन्। नेकपा एमाले बाजुराले उम्मेदवार सिफारिसका लागि भदौ २० गते जिल्ला […]
सर्लाही । सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ । ‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले अनलाइनखबरसँग भने […]
धनगढीः बैतडीबाट नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि १३ जना सिफारिस भएका छन्। मंसिर ४ मा हुन लागेको संसदीय निर्वाचनका लागि आइतबार काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। काँग्रेस बैतडीका सचिव देवराज जोशीका अनुसार संघमा प्रत्यक्षतर्फ चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशबबहादुर चन्द, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्रसिंह ऐर, दिनेश […]
धनगढीः डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ। मंसिर ४ गतेका लागि घोषणा गरिएको संसदीय निर्वाचनका लागि जिल्ला कमिटीको बैठकले आकांक्षी उम्मेदवारहरु सिफारिस गरेको हो। सिफारिस हुनेमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पठानसिंह बोहरा रहेका छन्। यस्तै प्रदेश (क) मा चक्रप्रसाद स्नेहि र (ख) मा गजेन्द्रबहादुर शाही सिफारिस भएका छन्। प्रतिनिधि सभामा […]
भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी -बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल-लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र […]
मधेस प्रदेशको ‘महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय’की प्रमुख महिला विकास अधिकृत देवकुमारी खत्रीलाई हामीले सोधेका थियौँ, मधेस प्रदेशमा महिलाको अवस्था कस्तो छ ? उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, लैंगिक हिंसा, मानव बेचबिखन, घरेलु हिंसा, छोरीले पढ्नु हँुदैन भन्ने मान्यता, बोक्सीको आरोपमा प्रताडना आदि अझै विद्यमान रहेको बताइन् । प्रस्तुत छ, खत्रीसँग प्र्रमिला भट्टले […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए । ‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र […]
काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । गुरुङसँगको तस्वीर सामाजिक सञ्जालमा हालेर रविले भनेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।’ भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको कार्यालयमा […]
नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे टुँडिखेलस्थित सैनिक मञ्चमा पुगेका छन् । सैनिक मञ्च टुँलिखेलमा पाण्डेले वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । आजै उनले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्नेछन् । सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]
प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । राईकी ममतामयी आमाको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारको लागि विराटनगर ल्याइएको थियो । मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा […]
धनगढी, २० भाद्र/ डोटीको केआई सिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। वडाले मदिरा सेवन गर्नेलाई पन्ध्र दिन र बिक्री गर्नेलाई एक महिना ढुङ्गा वडा कार्यालयसम्म बोकाउने निर्णय गरेको हो। वडामा मदिरा बिक्री वितरण गर्ने व्यापारी तथा वडावासी सँगको छलफल पश्चात् फरक किसिमको कारबाही गर्ने […]