होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सन्दीप लामिछानेको १७ वर्षीया नाबालिगसँग ‘होटलमा त्यो ७ घन्टा’
समाचार

सन्दीप लामिछानेको १७ वर्षीया नाबालिगसँग ‘होटलमा त्यो ७ घन्टा’

  • नागरिक रैबार
सन्दीप लामिछानेको १७ वर्षीया नाबालिगसँग ‘होटलमा त्यो ७ घन्टा’

काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजूरी परेपछि अनुसन्धान अगाडि बढेको छ । १७ वर्षीया नाबालिगको स्वास्थ्य परीक्षण गरिएको र बयानका आधारमा बसेको होटलमा समेत अनुसन्धान बढाइएको छ ।

सिनामंगलस्थित होटलको ३०५ नम्बर कोठामा ६ भाद्रको राति सन्दीप लामिछाने नाबालिगसँगै पुगेको प्रमाण फेला परेको छ । सीसीटीभी फुटेजका आधारमा सन्दीप नीलो टिशर्ट, सेतो क्याम्पमा राति पुगेको देखिन्छन् । नाबालिगक पहेंलो टिसर्ट, सेतो ज्याकेट र कालो जिन्समा पुगेको खुलेको छ ।

५ भदौको १२ बज्नुभन्दा केही अघि सन्दीप नाबालिगसहित होटलमा पुगेका थिए । दुवैजना होटलको ३०५ नम्बर कोठामा रातभर बसेको र विहान पौने ७ बजे बाहिरिएका थिए ।

विज्ञापन

सोही दिन लामिछाने केन्याका लागि प्रस्थान गरेका थिए । उनी क्यारेबियन लिग खेल्न वेष्ट इन्डिज पुगेका छन् ।

नाबालिगसँग सहमतिमै यौन सम्बन्ध राखेपनि कानून अनुसार बलात्कार ठहरिने व्यवस्था छ । यसकारण नाबालिगको अभिभावकको उजूरी पुष्टि भएमा सन्दीप जेल जाने अवस्था हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार