होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त
समाचार

चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

  • नागरिक रैबार
चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा परेका छन् । मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जग्रेबसँग पराजित भएपछि चेल्सीले प्रशिक्षक बर्खास्त गर्ने निर्णय लिएको हो । क्लबको वक्तव्यमा भनिएको छ, ‘आफ्नो समयमा क्लबमा सबै प्रयासका लागि प्रशिक्षक थोमस र उनका कर्मचारीप्रति आभार व्यक्त गर्दछ । च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकप जिताउने प्रशिक्षकलाई चेल्सीले आफ्नो इतिहासमा सही स्थान दिनेछ ।’

चेल्सीको वक्तव्यअनुसार नयाँ मालिकले क्लबलाई अझै अगाडि लैजानका लागि कडा मिहिनेत गरिरहेको र यो परिवर्तन त्यसका लागि आवश्यक छ ।

चेल्सीले नयाँ प्रशिक्षक नियुक्ति नगरून्जेल यसबारे कुनै टिप्पणी नगर्ने प्रष्ट पारेको छ । जर्मन टिम बोरुसिया डर्टमण्डका यी पूर्व प्रशिक्षक सन् २०२१ मा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनबाट चेल्सीमा अनुबन्ध भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार