होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र वि.क./बाजुरा ११ साउन. समुदायमा अतिरिक्त सिकाई कक्षा संचालन भएपछि बालवालिकाको पढाई प्रभावकारी बन्दै गएको छ । युनिसेफ बिश्व शिक्षा नेपालको आर्थिक तथा प्राबिधिक सहयोग तथा बाजुराका स्थानीय तहहरुसंगको समन्वय र सेतोगुराँस बालबिकास सेवा बाजुराद्वारा संन्चालित समता र समाबेशी शिक्षा कार्यक्रम संचालन पश्चात समुदायका बालवालिकाहरुमा पढाई प्रति परिवर्तन आएको हो । समता र समाबेशी शिक्षा […]
अनिल शाही/बाजुरा ११ साउन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले कवर्डहल सहितको खेल मैदान निर्माण गर्ने भएको छ । गाउँपालिकाले वडा नं १ काम्तीमा कवर्डहल सहितको खेलमैदान निमार्ण गर्ने भएको छ । नेपाल सरकारको निती अनुसार एक गाउँपालिका एक खेलकुद मैदान निमार्ण कार्यक्रम अन्र्तगत सम्भाब्यता अध्ययन गरी काम्तीमा खेलकुद मैदान निमार्ण गर्ने निर्णय गरेको हो । भौगोलिक […]
भैरहवा : प्रदेश ५ सरकारले समयमा योजना सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थपिदिएर ‘प्रोत्साहन’ दिएको छ। असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने प्रदेश मातहतका थुप्रै योजना सम्पन्न नभए पनि असार २६ गते मन्त्रीस्तरीय बैठकबाट म्याद थपको बाटो खोलिदिएको हो। बैठकले एकातिर ठेकेदारलाई कारबाही गर्ने र अर्कोतिर म्याद थप गरेर काम अघि बढाउने दोहोरो निर्णय गरेको छ। […]
९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको […]
राम बहादुर बि.क/साउन ९ बाजुरा। जिल्ला खलिया समाज बाजुराले विभिन्न ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने मार्फत प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । दशकौं देखि खलो माग्दै गुजारा चलाइए रहेका खलियाहरुको समस्या जस्ताको तस्तै भएकाले खलियालाई पनि अन्य सो सरहका अधिकार संविधानमा उल्लेख गर्र्नुपर्ने माग सहित पुनःस्थापनाका लागि प्रमुख […]
उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार साँझ अबेरसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन। भट्टराईले अरु ७ जना बेपत्ता भएको बताए। ‘जलविद्युत आयोजनामा काम गर्दै गर्दा बेपत्ता भएका ११ मध्ये ४ जनाको शव भेट्यौँ, अरु […]
९ साउन, काठमाडौं । बाढी–पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति आजका सबैजसो दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् । जलमग्न जलेश्वरको तस्वीर छापेको अन्नपूर्णले नेपाल वायु सेवा निगमलाई परेको असजिलोबारे मुख्य समाचार बनाएको छ । […]
काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए। २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन। बाढी, पहिरो […]
काठमाडौं । सशस्त्र प्रहरीका १५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै १ सय ५१ जना डीएसपीको सरुवा गरिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी […]
बैतडी: बैतडीको खोड्पेमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने पाटन नगरपालिका ८ खोड्पेको बन्तड भन्ने भीरमा १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो । जिप भीरबाट झण्डै अढाईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले […]
बर्दिया — मंगलबार देखिको अविरल वर्षाले बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ । वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । बबईको जलस्तर बुधबार बिहान ७ बजेसम्म ५ दशमलव […]
काठमाडौँ — बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । महाशाखाले आज मौसम […]
धनगढी : नेकपाको एकीकरणसँगै सुदूरपश्चिम प्रदेश सरकार चरम गुटवन्दीको चपेटामा परेको छ। लोकतान्त्रीक परिपाटीअनुसार मन्त्रीहरु मुख्यमन्त्रीप्रति उत्तरदायी हुनुपर्छ भने प्रदेशसभा सदस्य, सभामुखप्रति। तर सुदूरपश्चिममा मन्त्रीहरु मुख्यमन्त्रीप्रति उत्तरदायी नदेखिएको आरोप लाग्ने गरेको छ। प्रदेश सरकारको काम, बजेट, योजना छनोटमा चरम गुटबन्दी देखिँदै आएको छ। गुटबन्दीको स्पष्ट नमुना आर्थिक वर्ष २०७६/७७ को बजेट आएपछि छरपस्ट रुपमा देखियो। बजेट […]
८ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा गुल्मीको पहिरोले पुर्याएको क्षति प्राथमिकतामा परेको छ । तर, मृतकको संख्या पत्रिकाहरुमा फरक-फरक छ । गोरखापत्र दैनिकले ११ जनाको मृत्यु भएको लेखेको छ भने कान्तिपुरले ८, नागरिकले ९ र अन्नपूर्णले १० जनाको मृत्यु भएको लेखेका छन् । त्यसबाहेक नेकपाको स्कुल विभागमा जारी विवाद, पूर्वमाओवादीलाई विनाप्रतिस्पर्धा मेलम्चीको ठेक्का, १८ सय […]
नागरिक रैबार/बाजुरा ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराले बाजुरा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो । दिवसको अवसर पारी वृक्षारोपण कार्यक्रममा पुर्व सविधान सभा सदस्य माननिय बसुन्धारा रोकायाले बाजुरा क्याम्पसको प्राङ्गणमा विरुवा रोपेर […]
अनिल शाही/बाजुरा ७ असार। बाजुराको कोल्टीमा स्थापना भएको राष्ट्रिय बाणिज्य वैंकले आज देखि ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन जडान गरेपछि अन्य निजि बैंकमा चेक समेत साँटिने भएका छन । राष्ट्रिय बािणज्य बैंक कोल्टीमा विभिन्न बैंकका चेकहरु आउने र सर्वसाधारण लाई अन्य बैंकका चेक साट्न समेत मार्तडी नेपालगन्ज लगाएत विभिन्न ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । सर्वसाधारणले […]
नागरिक रैबार/ साउन ७ । बाजुरा घर भएकी बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या गरिएको छ । भारतको पूर्वी दिल्लीको सुक्करपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ । उनको घर बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १ कुडी हो । चदाराँ बुवा देब चदारा र आमासँगै भारतमा दिल्लीमा बस्दै […]
प्रमित बि . क/ बाजुरा, साउन ७ । गौमुल गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा पहिलो पटक इन्टरनेट जडान गरिएको छ ।, गौमुल गाउँपालिकालाई सुचना र प्रविधियुक्त गाउँपालिका बनाउन ३ नम्बर वडामा इन्टरनेट जडान गरिएको हो । गाउँपालिकाका सम्पूर्ण कामहरु ईन्टरनेटको माध्यामबाट वडा कार्यालयमा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । सेवागा्रहीलाई प्रविधिमैत्री र सुचना छोटोछरितो सार्वजनिक […]
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा […]
सोमबारदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । यता, १२ वर्षीया […]