होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निमेेेेेेेन्द्र शाही/ बाजुरा ४ असार । बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालयमार्फत राहत बाँड्दै थियो । राहतले केही दिनको भए पनि गुजारा चल्ने आशमा वडा कार्यालय पुगेकी बिन्द्रा […]
काठमाडौं : रुकुम हत्याको तीन हप्ता बितेको छ। यो देशमा दलितहरूको पक्षमा वा विद्रोहको पक्षमा असाध्यै ठूलो काम आफैँले गरेझैँ गर्ने नेता छन्। उनको नाम हो पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनी तीन हप्तासम्म उक्त घटनाबारे मौन बसे, किनभने उनको मुखमा जनार्दन शर्मा नामको ठूलो ढुंगो बसेको थियो। तर संसदले बनाएको एक समितिले उनलाई भेट्न गएछ। भेटका […]
काठमाडौं- सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई श्रमिकले नै जम्मा गरेको सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्चको आदेशमा भनिएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी […]
काठमाडाैं- रुकुम पश्चिम चौरजहारी–८ सोती घटनामा अभियोग लागेकाहरूका माध्ये नाै जनाकाे बयान आज सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए । अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ छ । बयान […]
३ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ आज सम्बन्धित मन्त्रीहरुले दिँदैछन् । बिहान ११ बजे बस्ने बैठकमा आज २१ वटा मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफको कार्यसूची बिहीबारलाई राखिएको छ । अर्थात, आज प्रधानमन्त्री बाहेकका […]
जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ । काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकले समेत घर जान नपाएको बताएका छन् । असार […]
नयाँदिल्ली — भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ । दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक । तस्बिर […]
बाजुरा ३ असार । बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिका वडा न ३ का एक युबक भिरबाट लडेर घाइते भएका छन् । बुढिनन्दा नगरपालिका वडा न ३ का बर्ष ३० का दिपक राेकाया भिरबाट लडेर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर राेकायाले बताएका छन् । काेल्टीबाट आफ्नाे घर जाने क्रममा बुढिनन्दा नगरपालिका वडा […]
१० जेठमा पश्चिम रुकुमको सोतीमा भएको हत्याकाण्डलाई भवितव्य देखाउन राजनीतिक नेतृत्व नै क्रियाशील भइरहेको एक स्थलगत अध्ययनले निष्कर्ष निकालेको छ । मंगलबार राजधानीमा सार्वजनिक गरिएको रुकुम घटनाको स्थलगत प्रतिवेदनमा घटनालाई भवितव्य देखाउन स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सांसदसम्मको संरक्षणमा काम भइरहेको उल्लेख छ । १० जेठमा जाजरकोटको भेरी नगरपालिका-०४ रानागाउँबाट मल्ल थरकी आफ्नी प्रेमिकालाई लिन नवराज […]
नागरिक रैबार/बाजुरा २ असार। बडीमालिका नगरपालिकाको सदरमुकम मार्तडीमा रहेको क्वारेनटिनमा रहेका ब्यक्तिहरु सडमा निष्केका छन् । क्वारेनटाइमा बसेको एक महिना वितिसक्दा पनि पिसआिर रिर्पोट नाएको भन्दै आफ्नो सरसमान सहित सडकमा निष्कीएका हुन् । आरडिटि परिक्षणका क्रममा पोजेटिभ देखिएकाहरुले स्वाव संकलन गरेको लामो समय सम्म पनि रिर्पोट नआएकाले घरजाने भन्दै बाहिर निष्कीएका हुन् । कि हामीलाई […]
नागरिक रैबार/बाजुरा २ असार। यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ । कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका सर्वसाधारणहरु जन्मभुमि तिर फर्किने क्रम पनि बढी रहेको छ ।कोरोनाको त्रासकै कारण जिल्ला बाहिरबाट आउने सर्वसाधारणहरको […]
नागरिक रैबार/बाजुरा २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरि जातीय भेद्भाव गर्ने १ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ । सोमबार बाजुरा जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध […]
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको जानकारी दिए। […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया […]
बाजुरा १ असार। हिमाली गाउँपालिका– ५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका छन् । भारत लगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका हुन् । उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी […]
‘छुवाछुत कहाँ छ र ? अब त हटिसक्यो ! भए पनि गाउँघरतिर होला ।’ मेरा अधिकांश गैरदलित साथीहरूले भन्ने वाक्य हुन् यी । दुई-चारजनाले दलितसँगै बसेर खाँदैमा छुवाछुत हट्ने भए आज यसरी लेख्नुपर्ने थिएन । जबदेखि बुझ्ने भएँ, त्यसवेलादेखि अहिलेसम्म पनि मलाई जातीय विभेदले पछ्याउन छाडेको छैन । गाउँबाट सदरमुकाम पुगेँ, सदरमुकामबाट राजधानी पसेँ, जहाँ पुगे पनि मलाई विभेदले पछ्याउन छाडेन । पाइला-पाइलामा […]
१ असार, काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ । वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरूलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयका सह-सचिव जितेन्द्र […]
रुकुम १ असार । गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् । रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले भनेकी छन्– ‘मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्याइ ६ जना केटाहरुलाई कुटपिट […]
काठमाण्डाै – कोरोनाको जोखिम र लकडाउनका कारण तीन महिनादेखि विद्यार्थी स्कुल जान पाएका छैनन् । लामो समय स्कुल जान नपाउँदा बालबालिकाहरुले पहिला पढेको बिर्सन सक्ने र पढाइप्रतिको रुचि घट्दै जाने हुन्छ । कतिपय स्कुलहरुले अनलाइन कक्षामार्फत् पढाउन थालेका छन् । तर धेरै बालबालिका इन्टरनेटको पहुँचमा नभएका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन । कोरोना […]
धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट […]