होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं ९ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो […]
ईश्वरराज ढकाल, काठमाडौं १९ बैशाख । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लकडाउन नखुलेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एजुकेसन पोर्टल तयार गरिसकेको केन्द्रले भर्ना अभियान सञ्चालन गर्न लकडाउन पछि विद्यालय खुल्नैपर्ने दोहो¥याएको छ । केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले भर्ना अभियान शुरू गर्न शिक्षक विद्यालयमै […]
पोखरा १८ वैशाख, । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् । सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीले नै सचिवालय […]
डा. जीवराज पाेखरेल । विचार । अहिले नेपाल दोहोरो बाण लागेको मृगजस्तै छट्पटाइरहेको छ। पहिलो बाण कोरोना भाइरसले हानेको छ भने दोस्रो काण प्रचण्ड बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी र यसका धनुरधारी प्रधानमन्त्री केपी ओलीले प्रहार गरेका छन्। चारैतिरबाट दबाब आएपछि विधेयक फिर्ता लिइएको छ तर यो शरीरमा गडेको काण निकाल्दा जति दुःख हुन्छ त्यस्तै […]
राेल्पा १८ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार ओलीले जानकारी दिएका छन । गाउँपालिका अध्यक्ष ओलीका अनुसार बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् […]
काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ । असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहिन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय बैशाख १४ गते बसेको मन्त्रिरिषद्को बैठकले गरेको हो […]
-दी इकोनोमिस्ट यतिबेला सारा संसारको ध्यान कोभिड–१९ महामारीमा केन्द्रित छ। चीनले यहीबेला दक्षिण चीन सागरवरपरका विवादित क्षेत्रमा आफ्नो नियन्त्रण बढाएको छ। हङकङका केही लोकतन्त्रपक्षधर नेतालाई पक्राउ गरेको छ।र, त्यहाँको आधारभूत कानुनमा परिवर्तन गरेको छ। यी कामका लागि उसले यही क्षण रोज्नु संयोग मात्र पनि हुनसक्छ। र, यो संयोग नहुन पनि सक्छ। किनभने, अन्यत्र सबैठाउँका शासकले […]
हरि रोका विचार काठमाण्डाैँ १८ बैशाख । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार यति बेला आन्तरिक राजनीतिक संकटबाट गुज्रिरहेको छ । झन्डै अढाई वर्षअघि ओलीले दोस्रो पारी (इनिङ) को सानदार यात्रा सुरु गरेका थिए । २०७२ मा भारतद्वारा लगाइएको नाकाबन्दीको समयमा घनघोर राष्ट्रवादी छवि बनाएका ओली एमाले-माओवादीको चुनावी गठबन्धनमार्फत पछिल्लोपटक सुदृढ बहुमतका साथ सत्तारूढ हुन पुगे । […]
बैतडी १८ बैशाख । एक महिनाभन्दा लामो समयदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १८ सय जना भन्दा धेरै नेपालीहरुलाई आज स्वदेश ल्याइँदै छ। भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। पिथौरागढ र नेपालको बैतडी र दार्चुला जिल्लाका अधिकारीबीच सहमति भएपछि मजदुरहरुलाई स्वदेश ल्याउने […]
काठमाडौँ — अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहितका नेताहरूले राजीनामा मागेका हुन् । तस्बिर सौजन्य : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय प्रधानमन्त्री ओलीले भने आफ्नो […]
काठमाडौं ७ वैशाख। सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो छ […]
बुधबार बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट विदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो । ५४ वर्षिय इरफानलाई केही समयदेखि न्यूरोइन्डोक्राइन भएको थियो । इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्राको बलिउडका कोही पनि सेलिब्रेटीहरुको उपस्थिती […]
काठमाण्डाै र्टीभित्र देखिएको विवाद हल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। विवादास्पद दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधानका लागि नेकपाको सचिवालय बैठक बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी वैशाख ८ गते दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा देखिँदै […]
गगन अयडी /धनगढी १६ बैशाख। लामो समय देखी लकडाउनका कारण धनगढीमा अलपत्र परेका बाजुराबासीलाई नेबि सङ्घ कैलाली सम्पर्क समिति लगाउत केही अगुवा ब्यक्रिहरुबाट उद्धार गरेको छ । बाजुरा घर भई हाल धनगढीमा अलपत्र परेका विद्यार्थी ,मजदुर लगायत विभिन्न कार्यमा आबद्ध नागरिकहरूलाई २ वटा बस मार्फत बाजुरा पठाएको नेबि सङ्घ बाजुराका अध्यक्ष अशोक थापाले जानकारी दिए । […]
विजय देवकाेटा । विचार । फ्रान्सका युजे पोत्तरले सन् १८७१ मे मा पेरिस कम्युन ढलेपछि सोही वर्षको जुन महिनामा कम्युनिष्ट अन्तर्राष्ट्रियगान लेखे। त्यसभित्रका दुई हरफ यस्ता छन् : बाँध्ने छैन परम्पराको साङ्लोले, जाग ए श्रमिक हो नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ… यो गीत लेखिएको १४९ वर्ष गुज्रँदै गर्दा उनै युजेको जन्मदेश फ्रान्समा कम्युनिष्ट […]
-डा असीम महत आँगनमै अजंगको बाघ उक्लिन खोजिरहेछ सबै घरभित्रै लुकेर बसेका छन् घर सानो र पुरानो छ झ्याल ढोकाहरु राम्रोसँग लाग्दैनन् घरभित्र सबै सामग्री कमसल छन् अनि तिमी भने घरको मझेरीमा पलेटी कस्छौ र मस्तसँग शक्तिको लुडो खेल्न थाल्छौ घरी खेलको नियम फेरबदल गर्दिन्छौ घरी अरुको गोट्टी गायब पार्दिन्छौ आज सारा संसार कोरोना थाम्न […]
उत्तमबाबु श्रेष्ठ । विचार । २०७५ जेठ १० । भृकुटीमण्डपको शैक्षिक मेला । सम्भवतः नेपालकै सबैभन्दा पढैया, बुद्धिजीवी, लेखक, पाठक, शिक्षक, विद्यार्थी र ज्ञानका भोका उत्सुक मानिसहरूको जमघट र अन्तरक्रिया हुने थलोको औपचारिक कार्यक्रम । आफ्ना पुर्खाहरूको बढाइचढाइ गर्ने क्रममा प्रमुख वक्ताले त्यहाँ दाबी गरे- राइट दाजुभाइले जहाज बनाउनुभन्दा धेरैअघि नेपालमा एयरबस बनेको थियो । ‘हाम्रा पुर्खा यति भिजिनरी, […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ। उनीहरुबीच सोमबारभएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र नियन्त्रणका […]
काठमाडौं १५ बैशाख । भूमि समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवालीले भूमिसम्बन्धी ऐनमा रहेर सुकुम्बासी र भूमि नभएकालाई जग्गा वितरण गरिने बताएका छन्। ‘वनका जग्गामा बसेका बस्तीलाई ऐनलाई अध्ययन गरेर पाउने छन भने वितरण गरिन्छ,’ थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘४०-५० वर्षदेखि बसोबास गरिरहेकालाई उठेर जाउ भन्न मिल्दैन। नदिने भन्न मिल्दैन।’ भूमि ऐनको आठौँ संशोधन […]
काठमाडौं १५ बैशाख । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्याउन जोड गर्ने । यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ । केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको […]