होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि, ३० वर्षपछि फर्कियो खुसी
समाचार

लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि, ३० वर्षपछि फर्कियो खुसी

  • नागरिक रैबार
लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि, ३० वर्षपछि फर्कियो खुसी

१२ असार, काठमाडौं । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो ।

च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन ।

लिभरपुलले १९ औं पटक इङ्गलिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । तर १९८९–९० पछि ऊ पहिलो पटक च्याम्पियन बनेको हो । यो उपलब्धी हासिल गर्न उसलाई ३० वर्ष कुर्नु पर्यो ।

विज्ञापन

लिभरपुलले लिगमा ८६ अंक बटुलिसकेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ऊ २३ अंकले अगाडि छ । इङ्गलिस प्रिमियर लिगमा दुई टिमबीच यति धेरै अन्तर यसअघि देखिएको थिएन।

लिभरपुलले अझै ७ खेल खेल्न बाँकी छ । यति चाँडै उपाधि जित्ने यो आफैंमा रेकर्ड हो । लिभरपुलका फ्यानहरु ठाउँठाउँमा भेला भएर खुसियाली मनाइरहेका छन् ।

पहिलो प्रिमियर लिग उपाधि

लिभरपुलले तीन दशकपछि इङ्गलिस शीर्ष डिभिजनको फुटबलको उपाधि जिते पनि आधुनिक प्रिमियर लिगमा भने यो पहिलो उपाधि हो । लिभरपुलले पछिल्लो पटक सन् १९९० मा लिग जितेको थियो । तर १९९३ बाट आधुनिक प्रिमियर लिग सुरुवात भएको हो । त्यसयता लिभरपुलले पहिलो पटक उपाधि जितेको हो ।

आधुनिक लिग म्यानचेष्टर युनाइटेडले सर्वाधिक १३ पटक जितेको छ भने चेल्सीले ५ पटक, म्यानचेष्टर सिटीले ४ पटक, आर्सनलले ३ पटक जितेका छन् । यस्तै ब्ल्याक रोभर्स लेस्टर सिटी र लिभरपुलले एक-एक पटक प्रिमियर लिग जितेका छन् ।

इङ्गलिस फुटबल लिग सन् १८८८ मा सुरुवात भएको थियो । त्यसयता भने युनाइटेडले सर्वाधिक २० पटक र लिभरपुलले १९ पटक लिग उपाधि जितेको छ ।

लिभरपुलको यो उपलब्धीको श्रेय कोच जुर्गेन क्लोपलाई दिइएको छ । उनको नेतृत्वमा लिभरपुलले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लिभरपुलले ३१ खेल खेल्दा २८ मा जित र दुईमा बराबरी गरेको छ । केबल एक खेलमा लिभरपुल पराजित भएको छ ।

जुर्गेन क्लोप
जर्मन कोच जुर्गेन क्लोपले सन् २०१५ बाट लिभरपुलको कमाण्ड सम्हालेका थिए । त्यतिबेला लिभरपुल दसौं नम्बरको टिम थियो । आक्रामक फुटबल रणनीति अपनाउने क्लोप आउनासाथ लिभरपुलको भाग्य बदलियो । उनको नेतृत्वमा टिमले चार सिजन बिताइसकेको छ । चार सिजनमा टिमको पोजिसन चौथो, चौथो, दोस्रो हुँदै पहिलो भएको छ ।

क्लोपले टिममा फरवार्ड मोहम्मद सालेह, साडियो माने र रोबर्टो फिरमिनोलाई सामेल गरे । यी तीनै खेलाडीहरुले सिजनमा लिभरपुलका लागि २ सय ११ गोल गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार