होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले सेतोपाटीलाई बताए। ‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाइएको हो। अहिले पनि बैठक जारी छ,’ ती नेताले भने।भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद […]
काठमाडौं, ४ कार्तिक । दशैं भत्ताको विषयलाई लिएर सरकार र सांसदहरूको आलोचना हुन थालेपछि स्थानिय तहका जनप्रतिनिधिहरूले पनि आफुले पाउने भत्ता कोरोना कोषमा जम्मा गर्न थालेका छन् । ईटहरी उप महानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले आफुहरूले १ महिनाको तलब कोरोना कोषमा जम्मा गरेको बताउनु भएको छ त्यस्तै बारबर्दियाका मेयर दुर्गा बहादुर थारूले पनि दशैं भत्ता कोरोना […]
कैलाली – कैलालीमा प्रहरी हत्या प्रकरणमा संलग्न सात अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ […]
काठमाडौँ- सरकारले चौतर्फी चर्को आलोचना भएपछि प्रधानमन्त्री र मन्त्रीहरूले पाउने दशैँ भत्ताको रकम ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ जम्मा गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूले पाउने दशैँ भत्ता […]
काठमाडौं ४ कात्तिक। संघीय सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् । प्रदेश १ सरकार र लुम्बिनी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कोरोना उपचारमा हात उठाउने हो भने यो सरकारको औचित्य नरहने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेदेखि विपन्न, असहाय, एकल महिला, अपाङ्गता भएका, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक संक्रमितहरूको निःशुल्क उपचार नगर्ने निर्णय गरी परिपत्र गरेको छ । खनालले मन्त्रालयको यसप्रकारको […]
काठमाडौं । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गरेका छन् । मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै […]
४ कात्तिक, काठमाडौं । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख […]
४, असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले गरेको बजार अनुगमनमा गैरकानुनी व्यापार गर्नेमा तरकारी र फलफूल पसल धेरै रहेको पाइएको छ । यस्तै पानी उद्योगमा पनि समस्या पाइएको विभागले जनाएको छ । कारबाहीम्ाा परेका व्यापारिक र्फमहरुले उपभोक्तालाई ठग्ने, खरिद बिक्री बिल बिजक जारी नगर्ने तथा मूल्य सूची नराखी व्यवसाय सञ्चालने गरेको पाइएको […]
काठमाडौं । दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द […]
धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ । साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको जानकारी दिए । यस्तै प्रहरी सहायक निरिक्षकको हराएको […]
धनगढी: धनगढीः वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्।अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई ) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए।उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक। जिल्लाको गौमुल गाउँपालिकाको कृषि विकाश शाखाले पालिका भरिका कृषकहरुलाई गहुँको विउ वितरण गरिएको छ । पालिका भरिका कृषकका लागि आवश्यक पर्ने गहुँको विउ २५ प्रतिशत अनुदानमा २ हजार ४ सय ८० केजि विउ कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको कृषि विकाश शाखाले उपलब्ध गराएका डब्लु के १२०४, स्वर्गद्धारी र च्याखुरा जातका […]
४ कात्तिक, काठमाडौं । गत असोज २६ गते संघीय संसद सचिवालयले सांसदहरुको बैंक खातामा चाडपर्व खर्च (दसैं भत्ता) सहित जोडेर असोज महिनाको तलब डिपोजिट ग¥यो । ‘यसवर्ष दसैं भत्ता आउँदैन होला’ भनेर बसेका सांसदहरु झसंग भए । किनभने, सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा तलब बाहेकका सबै प्रकारका भत्ताहरु कटौती गर्ने सुनाएको थियो । सांसदहरुको […]
गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल […]
धनगढी :अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न गिरोह पक्राउ परको प्रहरी स्रोतले जनाएको छ । ‘बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा […]
काठमाडौँ — कोरोना परीक्षण र उपचारमा सरकारले शुल्क लिन थालेपछि संक्रमण तीव्र विस्तारको जोखिम बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् । सामान्य लक्षण देखिएका शंकास्पद व्यक्तिले परीक्षण नै नगर्ने भएकाले समुदायमा संक्रमण व्यापक फैलिने उनीहरूले बताएका छन् । विज्ञहरूले कोरोना उपचारमा शुल्क तोकेपछि हुने महामारीले मुलुकको अर्थतन्त्रलाई नै प्रभाव पार्ने चेतावनी दिएका छन् । उनीहरूले शुल्क लिने निर्णय […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ यो निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालमा सोमबार टाँसिएको सूचना हो।यो नागरिकको मौलिक हकविरुद्ध छ। संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकमा राखिएको […]
काठमाडौं – संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’ सरकारले भने संविधानको मौलिक हक उल्लंघन हुने गरी कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय लिएपछि त्यसको सर्वत्र […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने भएका छन्।संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं भत्ता रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्ने निर्णय गरेको राष्ट्रिय सभामा नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए। ‘यसपालि आएको पैसा कसैको खर्च भइसकेको होला। त्यसैले अर्को […]