होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९६४५ पुग्यो, कुन जिल्ला कति ?
देश/प्रदेश

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९६४५ पुग्यो, कुन जिल्ला कति ?

  • नागरिक रैबार
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९६४५ पुग्यो, कुन जिल्ला कति ?

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय नाघेको छ । शनिबार प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जना थपिएसँगै संक्रमितको संख्या ९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार २ सय ६४ पुगेको जनाएको छ । सुदूरपश्चिम स्थायी घर भई प्रदेश बाहिरका प्रयोगशालामा परीक्षण गरी संक्रमण पुष्टि भएकाहरुको संख्या समावेश नगर्दा कम देखिएको मन्त्रालयले जनाएको छ ।

कैलालीमा सबैभन्दा धेरै ३ हजार ५ सय ८९ जना र डोटीमा एक हजार २ सय ५२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

विज्ञापन

यस्तै अछामका १ हजार १ सय ५७ जना, कञ्चनपुरका १ हजार १५ जना,  बझाङका ६ सय २७, बैतडीका ४ सय ८०, बाजुराका ४ सय ५९, डडेल्धुराका ४ सय १०, दार्चुलाका २ सय ६१ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए ।

संक्रमण पुष्टि भएका मध्ये ७ हजार ५ सय २६ जनाले कोरोना जितेका छन् भने ३१ जनाको मृत्यु भएको छ ।  दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार