होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा– जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ । बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताएकी छन्। ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउँछन् । उनीहरुलाई ज्वरो […]
सप्तरी । सप्तरीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाको बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् । साडीमा आगो सल्की छाति देखि […]
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् । बिहीबार सामाजिक सञ्जालमार्फत रावलले पदका लागि भएको जति छलफल देश र जनताका लागि गरेको भए जनतालाई राहत हुने बताएका छन् । ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या […]
नागरिक रैबार/बाजुरा ११ फागुन।बाजुरामा साँस्कृतिक महोत्सव हुने भएको छ । फागुन १९ गते बाट प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव हुने आयोजकले बताएको छ । कारोनाकाल पछि बाजुरामा महोत्सव हुन सकेका छैनन् । फागुन १९ देखि २७ गतेसम्म ९ दिनसम्म महोत्सव आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । आयोजक खप्तड […]
काठमाडौं, १० फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली दुई घण्टा लामो संवादपछि बाहिरिएका हुन् । स्रोतका अनुसार प्रचण्ड–ओलीबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको छ । उनीहरुबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएपनि दुवैले आ–आफ्नो अडान नछाड्दा छलफल निष्कर्षविहीन […]
काठमाडौं, १० फागुन । स्थानीय तहका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गत फागुन ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गरेको भन्दै अधिवक्ता लोकेन्द्र ओलीले बुधबार राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। गत वैशाख ३० गते भएको […]
काठमाडौं, १० फागुन । लोक दोहोरी गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । प्रतिष्ठानमा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेको गायक खत्रीले संस्थाका पदाधिकारीहरुको कामप्रति असन्तुष्टि जनाउँदै यात्रामा पूर्णविराम लागेको घोषणा गरेका हुन् । प्रतिष्ठानको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ […]
नागरिक रैबार/बाजुरा १० फागुन।बैंक तथा वित्तिय संस्थाहरुले एक्कासी कर्जाको व्याजदर वृद्धि गरेको भन्दै बाजुरा उद्योग बाणिज्य संघका व्यवसायीहरु आन्दालित भएका छन् । कोभिड महामारीको प्रभावले व्यवसायमा मन्दी आएको र आर्थिक तरलताको समस्या झेलिरहेका उद्योगी तथा व्यवसायीहरुलाई आघात पुग्ने गरी बैंक तथा वित्तिय संस्थाहरुले एक पक्षीय रुपमा अनुचित ढंगले कर्जाको व्याजदर वृद्धि गरेपछि बाजुराका व्यवसायीहरु मर्कामा […]
नागरिक रैबार/बाजुरा १० फागुन।बाजुरामा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउसो १ः ४५ बजेको समयमा ५ दशमल २ रेक्टर स्केलको भुकम्प गएको हो । आज गएको भूकम्पको केन्द्रबिन्दु पनि बाजुराकै हिमाली गाउँपालिका आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्प पछि सदरमुकाम मार्तडी लगायतका स्थानियहरु त्रसित भएका छन । यस […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए । दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अोलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको […]
काठमाण्डाै – राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्नेछ । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।नामावली प्रकाशनपछि […]
काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए। त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण […]
काठमाडौँ – हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिए । यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट […]
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छुट्टाछुट्टै संवाद थालेका छन् । राष्ट्रपति निर्वाचन पेचिलो भइरहेका बेला ओलीले एकीकृत समाजवादीका नेतासँग छुट्टाछुट्टै संवाद थालेका हुन् ।अध्यक्ष ओलीले मंगलबार नेकपा एकीकृतका सांसद तथा पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठलाई बालकोटमै बोलाएर संवाद गरेका छन् । त्यसक्रममा उनले पार्टी एकताबारे धारणा बुझ्ने प्रयास गरेका […]
दैलेख : नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताएका छन्। राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका एमाले सचिव भट्टराईले नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचक हुने बताएका हुन्। ‘कांग्रेसको राष्ट्रपति हुने कुराको कुनै पनि औचित्य छैन्, माधव नेपाल जी हुनुहुन्छ भने ठिक छ, उहाँले कांग्रेस माओवादी लगाएतका दलको समर्थन लिनुहुन्छ […]
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको अवधारणा अनुसार मुलुकका सबै प्रदेशलाई सुविधा सम्पन्न बनाउनु आजको आवश्यकता रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै यस्तो बताएकी हुन् । उनले संघीयताको अवधारणा अनुरुप हेटौंडा र आसपासका क्षेत्रबाट आउने बिरामीको सेवा र विद्यार्थीहरुको शिक्षामा मदन भण्डारी […]
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको […]
काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही समय अगाडि […]
नागरिक रैबार/बाजुरा ८ फागुन।सुदूरपश्चिम प्रदेश सभाकी सांसद जुना कुमारी दानीले चुनावमा जनतासंग गरेका बाचा अवको पाँच वर्ष भित्र पुरा गर्ने गरी प्रदेशमा काम गर्ने बताएकी छन् । सोमबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको परिचयात्मक तथा सुझाव सल्लाह कार्यक्रममा प्रदेश सांसद दानीले सो कुरा बताएकी हुन् । चुनावताका बेला गाउँ-गाउँमा गएर जनतालाई विकासका आश्वासन बाढ्यौं, जनताको आश्रिवादले […]
टेकराज भण्डारी। फागुन ८ अछाम। अछामको मंगलसेन नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाका ४९ वटै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा पुर्याउन आवश्यक उपकरण प्रदान गरेको छ । नगरभित्रका ११ वटा माध्यामिक विद्यालयमा ईन्टरनेट सेवा जडान गरिसकेको यहाँका ३८ वटा आधारभूत विद्यालयमा अब ईन्टरनेट सेवा जडान हुने मंगलसेन […]