होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार सुनिश्चित नभएको भन्दै बाजुराका ९ वटै स्थानिय तहलाई एकै साथ ज्ञापन-पत्र बुझाएको छ । अनेमसंघ (क्रान्तीकारी) बाजुरा जिल्ला इन्चार्ज कमल कुमारी शाह र जलुदेवी रोकायाद्धारा हस्ताक्षरित ज्ञापन पत्र सोमबार इमेल मार्फत जिल्लाका ९ वटै स्थानीय तहलाई बुझाईएको छ । त्यस्तै […]
५ असोज, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए । घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी […]
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ ।यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको हो । केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु […]
नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो ।राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ […]
नेकपा एमालेमा फेरि एकपटक जनताको बहुदलीय जनवाद (जबज) बारे बहस सुरु भएको छ । पार्टीको प्रथम विधान महाधिवेशनको तयारीका लागि बसेको स्थायी समितिको बैठकमा उपमहासचिव घनश्याम भुसालले जबजबारे थप छलफल गर्दै यसको व्याख्या गर्नुपर्ने माग राखेपछि यो बहस पुनः चर्किएको हो । विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि भुसालले बुँदागत टिप्पणी प्रस्तुत […]
नागरिक रैबार बाजुरा ४ असाेज। ‘सी’ डिभिजन लिग छनोट खेल्न काठमाडौं पुगेको रावीवन स्पोर्टस क्लबले खेलाडीको नाम टुंगो लगाएको छ । क्लोज क्याम्पमा रहेका खेलाडी मध्ये बाट २४ जनाको नाम टुंगो लगाएको हो । रानीवनले पहिलो खेल राप्ती रिर्भस मकवानपुरसँग असोज ६ गते विहान ९ बजे खेल्ने छ । टिम प्रशिक्षक दिपक योञ्जन लामाको निर्णय […]
स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन । कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै […]
काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र […]
सोमबार (आज) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा छ । समयमा बजेट पारित नहुँदा सरकारले खर्च गर्न नसक्ने अवस्था सिर्जना भएकाले कर्मचारीलाई तलब खुवाउनकै लागि भए पनि आज बजेट पास गर्नैपर्ने बाध्यता सरकारलाई छ । प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ बैठक अवरोध गरिसकेको […]
मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले […]
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ ।बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ।आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि वढ्ने […]
जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो । बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए । विसं […]
नागरिक रैबार बाजुरा ३ असाेज। कन्चनपुर जिल्ला घर भएका एकजना पूरूष बाजुराकाे बुढीनन्दा नगरपालिका १ सेरकाेटमा मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा कन्चनपुर जिल्लाकाे पुनरवास नगरपालिकाका अन्दाजि ३५ वर्षका गणेश रेग्मी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरिक्षक बलेन्द्र नाथले बताएका छन् । उहाँका अनुसार मृत अवस्थामा फेला परेका […]
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ ।आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ । नवौं महाधिवेशनदेखि एमालेमा उमेर हद कायम गरिएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले यसअघि उमेर हदको प्रबन्ध […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याइएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा आजदेखि सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्म समेत सीसीटीभी क्यामेरा जडान गरेको जनाएको छ । आइतबार अत्तरियास्थित […]
सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो । त्यस्तै काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष […]
काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् ।प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका […]
धनगढी । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। गत बुधबार बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक उद्धव जोशीको मृत्यु भएको हो।उपचारका क्रममा काडमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जोशीका आफन्त पुष्कर भण्डारीले जानकारी दिए। बुधबार पाटनबाट हेलिकोप्टर चाटर्ड गरी नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जमा उपचार […]
‘धारामा मेरो गाग्रो भरिएपछि उहाँहरूलाई पालो दिने क्रममा पानी छोइयो भन्दै मसँग झगडा गर्नुभयो,’ गुल्मीको मरभुङ्ग गाउँकी धना विकले जातीय विभेदको पीडा सुनाउँदै भनिन्, ‘तपाईँहरू हाम्रो घरमा आएर खाना खाँदा केही नहुने तर धारामा पानी छोइयो भन्ने ? भनेर मैले भनेपछि उहाँहरू बल्ल चुप लाग्नुभयो ।’ शनिबार जिल्लाको मालिका गाउँपालिका–८ स्थित दलित साझा मञ्चले आयोजना […]
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम समितिले संघीय गणतन्त्र र संविधानको खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो धनगढीको ट्राफिक चौराहाबाट पार्क मोडसम्म र्याली आयोजना गर्दै राप्रपाले वर्तमान संविधान र व्यवस्थाको खुलेर विरोध गरेको केन्द्रीय सदस्य हेमबाबु लेखकले बताए। असोज ३ गते सरकारले संविधान दिवस घोषणा गरेपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेको संविधानमा राखिएका संघीयता, […]