होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘लुकेर हाम्रो घरमा आएर खान्छन् तर धारामा हामीले छोएको पानी चल्दैन’
समाचार

‘लुकेर हाम्रो घरमा आएर खान्छन् तर धारामा हामीले छोएको पानी चल्दैन’

  • नागरिक रैबार
‘लुकेर हाम्रो घरमा आएर खान्छन् तर धारामा हामीले छोएको पानी चल्दैन’

‘धारामा मेरो गाग्रो भरिएपछि उहाँहरूलाई पालो दिने क्रममा पानी छोइयो भन्दै मसँग झगडा गर्नुभयो,’ गुल्मीको मरभुङ्ग गाउँकी धना विकले जातीय विभेदको पीडा सुनाउँदै भनिन्, ‘तपाईँहरू हाम्रो घरमा आएर खाना खाँदा केही नहुने तर धारामा पानी छोइयो भन्ने ? भनेर मैले भनेपछि उहाँहरू बल्ल चुप लाग्नुभयो ।’

शनिबार जिल्लाको मालिका गाउँपालिका–८ स्थित दलित साझा मञ्चले आयोजना गरेको दलित चेतना अभिवृद्धि कार्यक्रममा धना विकसहित त्यहाँका दलित महिलाले आफूमाथिको विभेदबारे त्यसरी मुख खोलेका हुन् ।

विकले भनिन्, ‘छिमेकमा ब्राह्मण, क्षेत्री समुदाय पनि हुनुहुन्छ । अघिपछि अरूले नदेख्ने गरी हाम्रो घरभित्र पाकेको जे पनि खानुहुन्छ तर धारामा जाँदा हामीसँग पानी थाप्दा तर्किनु हुन्छ । धेरै पटक झगडा पनि हुँदै आएको छ ।’

विज्ञापन

अर्की महिला ज्योति सुनारले पनि सार्वजनिक धारामा कथित उपल्लो जातबाट असाध्यै विभेद र गाली गलौच हुने गरेको गुनासो गरिन् । उनले भनिन्, ‘उहाँहरूका छोरा–छोरीहरू हाम्रो घरमा आएर खाना खानुहुन्छ । कहिलेकाहीँ पाडाको मासु पाक्दा पनि छुटाउनु हुन्न तर धारामा पानी थाप्दा भने तर्किनु हुन्छ ।’

साबिकको भरभुङ गाविसलाई समेटेर बनाइएको सो वडामा दलित समुदाय झण्डै ४ सय घरधुरी छन् । वडा सदस्य कोपिला नेपालीले गाउँमा दलित महिलाले छुवाछुत र अपमान सहनु परेको गुनासो गरिन् ।

गाउँका दलित अगुवा कृष्ण सुनारले आफूहरूलाई भ¥याङ्ग बनाएर माथिल्लो जातले चुनाव जित्ने गरेको बताए । उनले भने, ‘हामीले यहाँबाट स्वतन्त्र उम्मेदवार भए पनि वडाध्यक्षमा उम्मेदवारी दिने हो भने दलितका भोटले मात्रै जित्न सक्छौँ तर हामीलाई उठ्न दिइँदैन ।’

दलित साझा मञ्च मरभुङ्गका अध्यक्ष खड्क नेपालीले दलित लक्षित कार्यक्रमका नाममा दलितहरूलाई चारो फाल्ने गरिएको तर प्रभावकारी हुन नसकेको गुनासो गरे । त्यहाँका अर्का दलित अगुवा थम्मन सुनारले नेपालको संविधानले छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि मरभुङ्गका दलितहरूले वर्षौँदेखि भोग्दै आएको छुवाछुत र विभेद कायमै रहेको दुखेसो गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार