होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा
प्रदेश ७

सुदूरपश्चिम सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याइएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा आजदेखि सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्म समेत सीसीटीभी क्यामेरा जडान गरेको जनाएको छ । आइतबार अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा सीसीटीभी क्यामेरा नेपाल प्रहरीलाई हस्तान्तरण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले राजमार्ग क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनीकरणमा सघाउ पुग्ने बताइन् ।

मन्त्री जोशीले अपराधिक गतिविधि नियन्त्रण गर्न मात्र नभइ राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न तथा दुर्घटनाका दोषीलाई पक्राउ गर्न समेत सीसीटीभी क्यामेरा सहज हुने विश्वास व्यक्त गरिन् ।

विज्ञापन

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक वर्ष २०७७-७८ को वार्षीक स्वीकृत कार्यक्रमअनुसार एक करोड ७१ लाख रुपैयाँको लागतमा सिसीटीभी क्यामेरा खरिद गर्दै एक सय ३८ स्थानमा जडान गरिएको जनाएको छ ।

खासगरि राजमार्ग क्षेत्रमा मानिसको धेरै भीडभाड हुने स्थान, सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ती भएको क्षेत्र, दुई वा दुईभन्दा बढि बाटो जोडिने क्षेत्रमा सीसीटीभी क्यामेरा राखिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर तथा चिसापानीदेखि गड्डाचौकीसम्म पर्ने इलाका प्रहरी कार्यालयले हेर्नेगरी १२ स्थानमा सीसीटीभी क्यामेराको स्टेशन राखिएको छ। कैलालीमा इलाका प्रहरी कार्यालय चिसापानी, लम्की, सुखड, मसुरिया र मालाखेतीमा स्टेशन राखिएको बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार