होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो । ‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने […]
बैतडी: बैतडीमा एक व्यापारीको शव फेला परेको छ। जिल्लाको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्। उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। प्रहरीलाई खबर गरेपश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको छ। मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ। […]
डोटी: खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन्। पक्राउ परेकाहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने […]
जुम्ला– जुम्लामा १८ वर्षमाथिका ४२ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । आगामी ९ असोजदेखि जुम्लामा १८ वर्षमाथिका ४१ हजार ६ सय ७६ जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारको निर्देशनअनुसार १८ वर्षमाथिका ४१ हजार बढीलाई कोरोनाविरुद्धको खोप दिन […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य तथा बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल क्षेत्रीय प्रतिनिधिमा वडाबाट निर्विरोध छनोट भएका छन् । हिजोबाट सूरु भएको नेपाली काँग्रेस बडीमालिका ८ नम्बर वडा कार्य समितिको दोस्रो अधिवेशनबाट युवा नेता समेत रहेका रावल नेपाली काँग्रेसको वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित […]
नागरिक रैबार/बाजुरा ६ असोज। सदरमुकाम मार्तडीमा असोज ४ गते सोमबारबाट विधिवत रुपमा सूरु भएको अनन्ते मेला वर्षाका कारण आज अन्तिम दिनको मेला प्रभावित बनेको छ । सदरमुकाम मार्तडीमा लाग्ने मेलाको आज अन्तिम दिन मेला हेर्न ठाउँठाउँबाट आएका स्थानीयहरु वर्षाकै कारण मेला स्थलबाट फर्किन बाध्य भएका छन् । सदरमुकाम मार्तडीमा बुधबार दिउसो देखि एकाएक मौषममा खरावी […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाले गृह जिल्लाका खेलाडीहरुको काठमाण्डाैँको खर्च व्यवस्थापनका लागि २ लाख रकम सहयोग गरेका छन् । बाजुरा जस्तो विकट जिल्लाबाट ‘सि’ डिभिजन छनोट प्रतियोगितामा भाग लिनका लागि पहिलोपटक काठमाण्डौंमा पुगेको रानिवन स्पोर्ट्स क्लवको खर्च व्यवस्थापनका लागि खेलप्रेमी नेता थापाले दुई लाख सहयोग […]
सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । मंगलबार पनि […]
नागरिक रैबार/बाजुरा ६ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक सहितको समाचार प्रकाशन भएपछि नगरपालिकाले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । बुधबार नगरपालिकाले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा प्रदेश कानुन बमोजिम हुने व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय […]
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे । फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ ? अहिले सम्म कार्यलयमा नआउने […]
काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने चेतावनी विज्ञहरुले दिँदै आएको अवस्थामा विद्यालयहरु धमाधम खुल्न थालेको छ । हिन्दुहरुको महान् चाड बडा दसैँका लागि तीन सातामात्र बाँकी रहँदा काठमाडौं उपत्यकासँगै देशका ठुला शहरमा विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु हुन थालेको छ । त्यसो त, सरकारले बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको […]
सुर्खेत । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २४ जना यात्रु सवार रहेकोमा १२ जना घाइते भएको र अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी […]
काठमाडौं । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् । मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम […]
नागरिक रैबार/बाजुरा ६ असोज। सातदोवाटोस्थित एन्फा ग्राउण्डमा बुधबार विहान भएको सि डिभिजन खेलमा बाजुराको रानीवन स्पोर्ट्स क्लवले राप्ती रिर्भरलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सूरुवात गरेको छ । रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै राप्ती रिभर युवा क्लब मकवानपुरलाई २ का विरुद्ध ३ गोल प्रहार गर्दै जित हात पारेको रानीवन स्पोर्ट्स क्लवका […]
नागरिक रैबार/बाजुरा ६ असोज। बुधबार विहान सातदोबाटो ललितपूरमा बाजुराको रानीवन स्पोट्स क्लव र राप्ती रिर्भरविच भएको खेलमा रानीबन स्पोर्ट्स क्लवले राप्ती रिभरलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै राप्ती रिभर युवा क्लब मकवानपुरलाई २ का विरुद्ध ३ गोल प्रहार गर्दै जित हात पारेको रानीवन स्पोट्स क्लवका […]
सिन्धुपाल्चोक, असोज ६ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ सिन्धुपाल्चोककी जिल्ला सभापति गीता नेपाल ढुंगाना क्षेत्रीय प्रतिनिधिमै पराजित हुनुभएको छ । बलेफी गाउँपालिकामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा सभापति नेपालले जम्मा ८ मत मात्रै पाएर पराजित हुनुभएको हो । क्षेत्रीय प्रतिनिधिका लागि नेपालसहित तीन जना महिला नेतृले उम्मेदवारी दिनुभएको थियो । महिला […]
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो । असार २९ गते सरकारका नेतृत्व सम्हालेका काँग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन […]
गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको हो । अर्की माइलीलाई छोरीलाई भने सुतिरहेको कोठाबाट बचाउन […]
धनगढी: बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र रहेको हाटमा मोबाईल नेटवर्कले काम नगर्दा समस्या हुने गरेको बताइएकाे छ।बैतडीको सबैभन्दा ठूलो पुर्चौडी नगरपालिकाको केन्द्र हाटलगायत अन्य वडाहरुमा पनि भनेको र चाहिएको बेला फोन नलाग्ने समस्या रहेको वडा नम्बर ७ भवनेका लोगराज जोशीले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोख्दै लेखेका छन्, नेपालको सहरी क्षेत्रलाई नगरपालिका घोषणा गरिएको छ। […]
जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा […]