होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बस दुर्घटना हुँदा १२ जना घाइते
समाचार

बस दुर्घटना हुँदा १२ जना घाइते

  • नागरिक रैबार
बस दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेत । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

बसमा २४ जना यात्रु सवार रहेकोमा १२ जना घाइते भएको र अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

उनका अनुसार ४ जना गम्भीर घाइते भएका छन् । केही घाइतेहरुलाई उपाचारको लागि नेपालजगञ्ज पठाइएको छ भने केहीको महेलकुना अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन

सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार