होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार […]
नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । नेकपा (एकीकृत समाजवादी)का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीका […]
डोटी: जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन्। सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ। शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए। दिनेश खबरबाट साभार
बुटवल: जातीय विभेदसँगै लैङ्गिक हिंसाविरुद्ध देशभर अभियान संचालन गर्ने उद्देश्यले दलित महिला संगठन घोषणा भएको छ । सञ्चारकर्मी, महिला अधिकारकर्मी सरु सुनारको अध्यक्षतामा उक्त संगठन घोषणा भएको हो । आइतबार बुटवलको मेरी गोल्ड होटेलमा भएको कार्यक्रमबाट सुनार अध्यक्षमा चयन भएकी हुन् । शनिबार र आइतबारको छलफलपछि संगठनको घोषणा भएको थियो । सात वटै प्रदेश र […]
जनकपुरधाम । प्रदेश २ मा स्थानीय तहको निर्वाचन भएको चार वर्ष बितिसकेको छ । २ असोज २०७४ मा भएको निर्वाचनमा जितेर आएका जनप्रतिनिधिको पद सकिन लागेको छ । जनप्रतिनिधीहरुले पाँच वर्षे कार्यकाल सकेर आगामी फागुन/चैतमा त नयाँ निर्वाचनको घोषणा नै हुनुपर्छ । यस्तो अवस्थामा एक वडाको भने पुनः मतगणना हुने भएको छ । उच्च अदालत […]
काठमाडौँ, १२ असोजः गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुुरक्षा तथा बजार अनुुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा उनले यस्तो निदेशन दिएका हुन्
मंगलबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा यसअघि पेश भएका तीनवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुराका ९ वटै स्थानीय तहमा पालिकाहरुको अधिवेशन गत शनिवार बाट सूर भएर आज मंगलबार सम्पन्न भएको छ । पालिका स्तरमा भएको अधिवेशनबाट बुढिनन्दामा डबल बहादुर खड्का, हिमालीमा अम्मलाल कार्की, जगन्नाथमा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर महेश कट्टेल, गौमुल राज बहादुर धामी, बुढीगंगा जयराज उपाध्याय खप्तड क्षेडेदहमा हर्क बहादुर […]
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको बताएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश फिर्ता लिएसँगै ओलीले यस्तो बताएका हुन् । मंगलबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा ओलीले अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको ठहर गर्दै कार्कीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश समेत पठाएका […]
असोज १५–१७ मा हुने एमालेको विधान महाधिवेशनमा भाग लिन देशैभरका ५ हजार बढी प्रतिनिधि काठमाडौँमा भेला हुँदैछन् । ललितपुरको गोदावरीमा हुने तीन दिने महाधिवेशनको तयारीलाई तीव्र बनाएको एमाले अहिले प्रचार प्रसारदेखि प्रतिनिधि व्यवस्थापन र कार्यक्रम हुने हल व्यवस्थापनको काममा जुटेको छ । ‘अहिले हल व्यवस्थापनदेखि अन्य विभिन्न व्यवस्थापनका कामहरू भइरहेका छन्’, विधान महाधिवेशन व्यवस्थापन समितिका […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार […]
नागरिक रैबार/बाजुरा १२ असोज। बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ बाजुराको क्षेडेदह गाउँपालिकामा क्षेडेदह तेस्रो खुला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । हरेक वर्षको दशैं तिहार विशेष खेल पर्व, खेल क्षेत्रको विकास र प्रर्वद्धन हाम्रो गौरभ भन्ने मुल नाराका साथ क्षेडेदह गाउँपालिकाको वडा नं. ७ […]
१२ असोज, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनाअनुसार प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा […]
धनगढी: आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव अझैसम्म उठ्न सकेको छैन। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। सुत्केरी व्यथा सुरु भएपछि उनलाई शनिबार बिहान १० बजे अस्पताल पुर्याइएको थियो। दिनभर सुत्केरी हुन संघर्ष गरेकी उनको गर्भमा रहेको शिशुलाई राति ११ बजेर ४४ मिनेटमा निकालिएको थियो। […]
नागरिक रैबार/बाजुरा १२ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको सभापतिमा गोपाल कार्की चयन भएका छन् । त्यस्तै वरिष्ठ उपसभापतिमा खड्क बडुवाल (अभिनास) श्रीचन्द्र पाध्याय, सचिवमा कणर्बहादुर रावल र धनलाल खड्का रहेका छन । नगर सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगर्दा बडीमालिकाको कार्यसमिति चयनमा ढिलाई भएको थियो । गत शनिबारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा […]
बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा-छोरा हुन् । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भीर घाइते […]
१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका-७ कालिमाटी दलित बाहुल्य बस्ती हो […]
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुर नेतृत्वको […]
काठमाडौँ — दसैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् । खाने तेलको मूल्य एक वर्षमै प्रतिलिटर एक सय रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली छ । २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गरेका थिए । नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन […]