होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले अध्यक्ष ओलीले सम्पादकसँग छलफल गर्ने
समाचार

एमाले अध्यक्ष ओलीले सम्पादकसँग छलफल गर्ने

  • नागरिक रैबार
एमाले अध्यक्ष ओलीले सम्पादकसँग छलफल गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गरेका थिए ।

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् । सम्पादकहरूसँगको छलफल अपरान्ह ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार