होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताए । ‘यसमा दावी विरोध गर्न सकिन्छ । […]
नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको उप-सभापतिमा पदम बडुवाल विजयी भएका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख समेत रहेका बडुवालले सवै भन्दा बढी ७ सय ५६ मत ल्याएर उप-सभापतिमा विजयी भएका हुन् । त्यस्तै उपसभापतिमा अर्का नारायण पाध्यायले ७ सय ४८ मत ल्याएर बिजयी भएका छन । उपसभापति २ वटा पदका लागि ३ जनाको […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि गरिएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । बुधबार विहानबाट सुरु गरिएको मतगणना अनुसार पार्टी सभापतिका लागि देउवा पक्षबाट उम्मेदवार बनेका कविराज पंडितको पक्षमा ४ सय ८९ र पौडेल पक्षका उम्मेदवार रामसिंह रावलको पक्षमा ४ सय ७४ मत पाएका छन् । […]
नागरिक रैबार बाजुरा २० असाेज नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराकाे नयाँ नेतृत्व चयनका लागि गरिएकाे निर्वाचनकाे पछिल्लो मतगणना सार्वजनिक भएकाे छ । बुधबार विहानदेखि सूरू भएकाे मतगणना अनुसार सभापति पदमा अहिलेसम्म देउवा पक्षका कविराज पंण्डित पाैडेल पक्षका रामसिंह रावललाई १४ मतले पछाडि पार्दै अगाडि देखिएका हुन्। अहिलेसम्म ६ सय १ मतगणना गर्दा सभापति पदका […]
नागरिक रैबार बाजुरा २० असाेज बाजुराबाट पहिलाेपटक राजधानीमा एन्फा फुटवल खेल्न गएकाे रानिवन स्पाेटर्स् क्लव फाईनलमा प्रवेश गरेकाे छ । बुधार दिउसाे एन्फाग्राउण्ड सातदोबाटोमा भएकाे सेमिफाइनल खेलमा भ्याली ईगल क्लव भक्तपुरलाई शुन्यका विरुद्ध ३ गोल गर्दै फाइनल प्रवेश गरेकाे हाे। आज भएकाे खेलमा किरण बोहराले २ र कुबेर सिंहले १ आफ्नाे पक्ष्यमा गाेल गरेका थिए […]
धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारी गरेका छन्। केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेरै पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन्। ‘१० बुँदे सहमति कार्यान्वय हुने अवस्था पनि देखिएन्,‘ एकीकृत समाजवादीमा जाँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा जोशीले भने, ‘त्यस […]
नागरिक रैबार/बाजुरा २० असोज । नेपाली काँग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनमा उम्मेदवारविच सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि मंगलबार गरिएको निर्वाचनमा कुल १ हजार २ सय १२ मध्ये १२ सय पाँच मत खसेका थिए । निर्वाचन भएको दोस्रो दिन बुधबार विहानबाट मतगणना सूरु गरिएको थियो । गणना सूरु गरेको ४ घण्टापछि ३०१ मत गणना गर्दासम्म […]
महोत्तरी– असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त) लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् । पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने […]
धनगढीः धनगढीमा संघीय सरकारले निर्माण गरेका कालोपत्रे सडकका योजना पूरा नगरेरै पास गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत कार्यान्वयन भएका योजना अधुरोमै पास गरिएको हो। संघीय सहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएका सडकको बीच भागमा रुख छन्। रुख भएका क्षेत्रमा सडक कालोपत्रेको काम गरिएको छैन। तर पनि सडक योजनाहरु […]
बागलुङ–भुरेटाकुरे राज्यको इतिहास बनेको भीमापोखरालाई संरक्षण गर्ने अभियानमा काठेखोलाका स्थानीय जुटेका छन् । उनीहरूले पुराना संरचना संरक्षण गर्ने काम थालेका छन् । काठेखोला गाउँपालिका वडा नम्बर २ र गण्डकी प्रदेश सरकारको लगानीमा गत वर्ष २० लाख रुपैयाँको काम भइसकेको छ । इतिहास संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने अभियानमा काम सुरु भएको वडाध्यक्ष विद्यापति शर्माले बताए […]
२० असोज, विराटनगर । नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ । विराटनगर महानगरपालिका–१५ स्थित […]
नागरिक रैबार/बाजुरा २० असोज । बाजुरामा यस वर्ष पनि ठुला- ठुला राँगालाई एक आपसमा जुधाएर दशैँको शुभारम्भ गरिने भएको छ । दसैंको अवसरमा राँगा जुधाएर दशैँको शुआरम्भ गर्नु बाजुरेलीहरुको आफ्नै प्रचनल हो । बाजुरामा प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै स्थानीयहरुले विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ । वल्लो […]
भैरहवा — कोरोना संक्रमणले पर्यटकको आगमन घटेर आम्दानीको स्रोत खुम्चिएपछि लुम्बिनी विकास कोषलाई कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ । कोषले एक वर्षयता करार, सेवा करार, दैनिक ज्यालादारीका कर्मचारीलाई महिनामा १५ दिनमात्रै काममा लगाउने र त्यति बराबरकै मात्र तलब दिएर काम चलाउँदै आएको छ । कर्मचारीलाई तलब खुवाउन पैसा नभएपछि कोषले करिब ५ करोड रुपैयाँ आन्तरिक ऋण […]
बागलुङ–कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका पूर्णबहादुर चुँदार यतिबेला गिठेदारको ठेकी बनाउँदै गरेका हुन्थे । बाउबाजेले सिकाएको पुख्र्याैली ठेका बनाउने कलामा पूर्णबहादुर अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकाको व्यवसाय गर्थे । तर, दुई वर्ष भयो । न उनीहरूले नयाँ ठेका बनाउन पाएका छन्, न त व्यापारका […]
दार्चुला: त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ। सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो। नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छांगरु सीतापुलमा बसेको थियो। प्रहरी यसअघि छ महिना व्यासको छांगरु र छ महिना दुम्लिङ झर्ने […]
जातीय विभेदका घटनालाई पार्टीकरण गरेर पीडकलाई उन्मुक्ति दिलाउने परिपाटी मौलाउँदै गएको छ । यसको असर जाहेरी दर्तामा मात्रै नभई अनुसन्धानको प्रक्रियासम्मै पर्ने गरेको छ । झापा — रुकुम पश्चिमको चौरजहारीमा २०७७ जेठ १० मा नवराज विकसहित ६ युवकको हत्या भयो । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोटका नवराज र उनका साथीलाई गैरदलित केटी पक्षले कुटीकुटी भेरी नदीमा बगाइदिएका […]
कञ्चनपुर: भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी अनुमति दिएको हो। नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटीइभिटीमा निवेदन दिएका थिए। त्यसअनुसार यस वर्ष दुई कार्यक्रम सञ्चालन हुने गरी […]
नागरिक रैबार/बाजुरा १९ असाेज। बाजुरामा नेपाली काँग्रेसका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे झडप भएको छ । नेपाली काँग्रेसकाे मतदान प्रकृया सम्पन्न पछि मतगणनाका लागि तयारी गर्ने क्रममा मतदान स्थलमा प्रहरी र काँग्रेस कार्यकर्ताविच झडप भएकाे हाे । काँग्रेस कार्यक्रताहरूले मदिरा सेवन गरी मतगणना स्थलमा जान लाग्दा प्रहरीले राेकेकाे बिषयलाइ लिएर प्रहरी र काँग्रेस कार्यकर्ताविच दाेहाेराे झडप […]
नागरिक रैबार/ बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।मंगलबार बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ साढे ६ बजे सकिएको हो । निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार १२ सय १२ मध्ये १२ सय ५ मत खसेको हो । मतदान सम्पन्न पछि मुचुल्का उठाएर लगत्तै मतगणना सुरु गर्ने […]